२१ कात्तिक २०८३, शनिवार

मध्यमाञ्चल क्षेत्रीय महोत्सव सुरु, १५ करोडको कारोवार हुने अपेक्षा

२०७१ पुष ७, सोमबार
मध्यमाञ्चल क्षेत्रीय महोत्सव सुरु, १५ करोडको कारोवार हुने अपेक्षा

धादिङ । जिल्लाको सदरमुकाम धादिङबेसीमा आज (सोमबार) देखि मध्यमाञ्चल क्षेत्रीय महोत्सव तथा चौथो धादिङ महोत्सव २०७१ सुरु भएको छ । महोत्सवको उद्घाटन पुर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले गरे ।

‘घरेलु उद्योग, कृषि, जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव पुस १७ गते सम्म संचालन हुने छ । महोत्सव उद्घाटन हुनु अघि धादिङबेसी प्रवेशगर्ने चारवटा नाकाहरु पहरेचौतारा, पुछारवजार, शितलवजार र रायटारबाट एकै समयमा व्यानर, जातिय पहिचान दिने पोशाक र विभिन्न झांकी सहितको र्याली निकालिएको थियो ।

घरेलु उद्योग, कृषिप्रदर्शनी, दुग्धजन्य उत्पादन, हस्तकला, घरेलु उपयोगका बिद्युत्तिय तथा अन्य सामाग्रीका साथै वाल उद्यान, लघु चिडियाघर जस्ता बिशेष प्रदर्शनी महोत्सवमा रहेको छ । महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष चन्द्रकान्त अधिकारी वताए । यस पटकको महोत्सवमा बिशेष गरी जिल्लाको कृषिजन्य उत्पादनलाई बिशेष प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषिका क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको आयोजनामा महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरिएको छ ।

महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुनुअघि नेता देउवाले नेपाली काग्रेस धादिङको कार्यालयमा प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रम र नेपाल तरुण दलको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्वोधन गरे । नेपाल तरुण दलका कार्यकर्ताले नेता देउवाको स्वागतमा पृथ्वीराजमार्गवाट मोटर साईकल र्यालीको समेत आयोजना गरेका थिए ।

अभिलेख

लोकप्रिय