प्रतिभा बहुउद्देश्यीयको चौधौँ साधारण सभा
काठमाडौ । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको चौधौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभाको उद्घाटन राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले गरे ।
कार्यक्रममा संस्थाको आर्थिक तथा बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका अध्यक्ष माधब प्रसाद तिमल्सिनाले आर्थिक बर्ष२०६९।७०मा संस्थाको शेयर पूँजी २ करोड २ लाख ५० हजार ४ सय रुपैया रहेकोमा आर्थिक बर्ष २०७०।७१मा बृद्धि भै २ करोड ९ लाख ३४ हजार रुपैयाँ रहेको जानकारी दिए । यस्तै संस्थाले आर्थिक बर्ष २०७०।७१ सम्म १३ करोड ९१ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको तिमल्सिनाले जानकारी दिए । यस्तै संस्थाले आगामि आर्थिक बर्ष भित्र संस्थामा आबद्ध सदस्यहरुलाई उत्पादन क्षेत्रमा लाग्न प्रेरित गर्ने र स्वरोजगार बनाउने लक्ष्य लिइएको सो अबसरमा जानकारी दिइयो । हाल सम्म संस्थाले अफ्नो उद्देश्य बमोजिम कृषि र उत्पादन क्षेत्रमा सक्रिय भएर विभिन्न परियोजना समेत संचालनमा ल्याएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
