२१ कात्तिक २०८३, शनिवार

धादिङका सहकारीमा महिला सहभागिता बढ्दै, ५ करोड भन्दा बढी करोवार ७ सहकारी

२०७१ पुष ३, बिहिबार
धादिङका सहकारीमा महिला सहभागिता बढ्दै, ५ करोड भन्दा बढी करोवार ७ सहकारी

धादिङ । जिल्लाका महिलाहरु सहकारी अभियानमा सहभागि हुने क्रम बढ्दै गएको छ ।

धादिङमा आर्थिक वर्ष २०७०/७१ मा सहकारीका आवद्ध हुने ९५ हजार ९ सय ६७ जना पुगेको जसमध्ये महिलाहरु ५५ हजार ५ सय महिला छन् भने पुरुष ४० हजार ४ सय ६७ जना मात्र रहेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ । सहकारी कार्यालयको तथ्यांकलाई हेर्दा धादिङका महिला सहकारीमा पहिला देखिएका छन् ।

जिल्लाका सहकारीमा महिला सहभागिता बढ्दै गएका कारण सहकारीको केन्द्रिय संघमा पनि धादिङका महिला नेत्तृत्वमा पुगेका छन् । नेपाल वचत तथा ऋण सहकारी केन्द्रिय संघको सञ्चालक सदस्यमा सहारा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पार्वती खाँण र केन्द्रिय दुग्ध सहकारी संघ सञ्चालक सदस्यमा देविस्थान महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडकी अध्यक्ष गंगा विसुरालले जिल्लाको प्रतिनिधित्व गरिरहेका छन् ।

अन्यत्र दर्ता भएर जिल्लामा आएका १ सय ५१ र डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएका ३ सय २४ गरी जिल्लामा ४ सय ७५ सहकारी संस्था रहेकोमा ६२ सहकारी यस अघि खारेजी भईसकेको सहकारी कार्यालयले जनाएको छ । खारेजी हुनेमा अधिकांश पुरुष नै अध्यक्ष रहेका सहकारीहरु रहेकाछन् । जिल्लामा महिलाहरु मात्र शेयर सदस्य रहेको तथा महिलावाट व्यवस्थापन भईरहेको ७८ वटा सहकारी संस्था रहेको छ । महिलाहरुबाट मात्र सञ्चालन गरिएको ७८ सहकारी संस्थामा ५ करोड ७८ लाख ६९ हजार शेयर पूजीँ र १८ करोड ९५ लाख ७५ हजार निक्षेप संकलन भएको छ ।

यसैगरी दलित समुदायहरुले मात्र सञ्चालन गरेका ६ सहकारी संस्थामा ३२ लाख ७७ हजार शेयर पूजीँ र ५ लाख ६३ हजार निक्षेप सकलन गरेका छन् । २ सय ११ कृषि सहकारी संस्थामा १२ करोड ७१ लाख ७६ हजार शेयर पूजीँ र ३२ करोड २६ लाख ९३ हजार निक्षेप संकलन गरेकाछन् । जिल्लाका प्रारम्भिक सहकारी संस्था तथा संघ सहित ४ सय १३ को कुल शेयर पूजीँ ३६ करोड ३३ लाख १७ हजार र निक्षेप १ अर्व १६ करोड १५ लाख ९९ हजार रहेको सहकारी कार्यालय धादिङका संगठन फाँटका नायव सुव्वा महेश्वर ढकालले बताए ।

जिल्लामा ५ करोड भन्दा बढी करोवार गर्ने सहकारी संस्थाहरु जनकल्याण वचत तथा ऋण सहकारी संस्था वेनिघाट १, छहारी वचत तथा ऋण सहकारी संस्थाफुलखर्क ६, श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३, नवज्योती वचत तथा ऋण सहकारी संस्था लि. नौविसे १ रहेकाछन् । यसैगरी साना किसान कृषि सहकारी संस्था लि सलाङ ७, साना किसान कृषि सहकारी संस्था लि कुम्पुर ३ र साना किसान कृषि सहकारी संस्था लि चैनपुर ४ रहेका छन् ।

अभिलेख

लोकप्रिय