यस्तो छ उद्योगमन्त्री महेश बस्नेतको महिलालाई सहुलियत ऋण प्याकेज
काठमाडौं । सरकारले महिलामा उद्यमशिलता विकास गर्न सहुलियत व्याजमा ऋण दिने योजनालाई अघि बढाएको छ । प्रस्ताव भएर लामो समयदेखि थन्किएको यो योजनाले उद्योगमन्त्री महेश बस्नेत सक्रिय भएपछि मुर्तरुप लिन लागेको हो । महिला उद्यमीले सरकारसँग सहुलियत व्याजमा पाँच लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।
व्याज छ प्रतिशत
सरकारले तीन वर्ष अघि महिला उद्यमशिलता योजना अघि बढाएको थियो । तर ऋण कसरी प्रवाह गर्ने भन्ने दुविधामा सरकारले यो योजना लागू भने गर्न सकिरहेको थिएन । बस्नेत मन्त्री भएपछि योजना लागू गर्न पहल गरे । त्यसको परिणाम ऋण सिमा बढाइएको छ भने व्याज घटाइएको छ ।
पहिले यस्तो ऋण एक लाखदेखि तीन लाख रुपैयाँसम्म बाँड्ने प्रस्ताव गरिएको थियो । बस्नेतको पहलमा यसलाई संसोधन गरेर एक लाखदेखि पाँच लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको शुक्रवार उद्योग मन्त्रालयले जारी प्रेस विज्ञप्तिमा छ ।
पहिले यस्तो ऋणको व्याज दश प्रतिशत हुने प्रस्ताव गरिएको थियो । त्यसलाई पनि संसोधन गरेर अहिले छ प्रतिशत पुर्याउन प्रस्ताव गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
नियमित तिरे अझ छुट
मन्त्रालयले साँवा र व्याज नियमित तिरे यस्तो कर्जाको व्याज अझ एक प्रतिशत घटाउने निर्णय गरेको छ । कर्जा भुक्तानी अवधि पनि संसोधन गरेर दुई वर्षको सट्टा तीन वर्ष पु¥याइएको छ । तीन वर्ष भित्र नियमित साँवा व्याज भुक्तानी गरे कर्जाको व्याज पाँच प्रतिशतमा झर्ने पनि उद्योग मन्त्रालयले जानकारी दिएको bizmandu मा खबर छ ।
ऋण राष्ट्रिय बाणिज्य बैंकबाट
उद्योग मन्त्रालय अन्र्तगतको घरेलु तथा साना उद्योग विभागले राष्ट्रिय बाणिज्य बैंकसँग मिलेर कर्जा वितरण गर्नेछ । कर्जा वितरण गर्न बनाइएको केन्द्रिय कोष सञ्चालन तथा व्यवस्थापन समितिले ऋण आव्हान गर्दै महिला उद्यमीसँग आवेदन माग्नेछ ।
राष्ट्रिय दैनिकमा ३० दिने सूचना प्रकाशन गरेपछि आउने मागका आधारमा ऋणी छनोट गर्ने योजना कोषको छ । सरकारले बजेट मार्फत छुट्टयाएको रकम मन्त्रालयले कोषलाई दिनेछ । कोष र राष्ट्रिय बाणिज्य बैंक मिलेर ऋण रकम प्रवाह गर्नेछन् । बैंकले नै साँवा र व्याज उठाउने गरी सहमति बनेको छ ।
पहिले दश जिल्लामा
मन्त्रालयले पाइलट परियोजनाका रुपमा यो योजना सुरुमा देशका दश जिल्लामा सञ्चालन गर्ने योजना बनाएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका महिलाले ऋण पाउनेछन् । त्यसैगरी मकवानपुर, बागलुङ, प्युठान, कालिकोट, बाजुरा, कैलाली र खोटाङ्गका महिलाले ऋण लिन पाउने उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
यस पहिले पाँचथरलाई समावेश गरिएको भए पनि त्यहाँ राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय नभएपछि खोटाङ्ग थपिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । ऋण प्रवाह गर्न विभाग र केन्द्रिइ बैंकवीच मंसिर १९ गते सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
