सहकारीले किसानको जीवनस्तरमा ल्याएको परिवर्तन
कमलामाई नगरपालिका नजिकै रहेको कृषि उपज बजारको एउटा सटरमा सिन्धुली कोसेली डेरी सेन्टर छ । जहाँ महाभारत भेगका गाई भैसीको दूधबाट उत्पादित दही, मही, घिउ, पनिर, छुर्पी लगाएतका उत्पादनहरु पाईन्छ । त्यही डेरीमा रातमाटाकी फूलमाया तामाङ् ३ वर्ष देखि कर्मचारीको रुपमा काम गर्दै आएकी छिन् ।
जिल्लाको रतनचुरा, भद्रकाली र जलकन्याका ४ सय भन्दा बढी किसानहरु संगठित हुँदै महाभारत दूग्ध सहकारी लिमिटेड दर्ता गरेर ९ वटा दूग्ध संकलन केन्द्र स्थापना भएपछि फूलमायाले जस्तै धेरैले रोजगार बन्ने अवसर पाएका छन् । महाभारत भेगका किसानहरु बेलुकाको दूध घरमा राख्छन् र विहानको दूध विक्री गर्छन् । यसरी एक समयको दूध विक्री गर्दा पनि मासिक ५ हजार देखि १० हजारसम्म आम्दानी हुँने हुदाँ किसानहरु दूग्ध व्यवसाय प्रति आकर्षित भएका हुन् । विदेश गएर कमाएको पैसाले ऋण तिर्दै ठिक्क हुन्छ, आफ्नै ठाउँमा दूग्ध व्यवसाय गर्ने हो भने न साहुँको कचकच सुन्नुपर्छ न त विदेशीको हेपाई नै सहनुपर्छ किसान शान्तामाया विकले भनिन् । किसानहरुले यही पिडालाई बुझेर दूग्ध व्यवसायलाई अंगालेपछि उनीहरुको आर्थिक जीवनमा पनि निकै सुधार आएको छ ।
दूग्ध सहकारी संस्था स्थापना भएदेखि दूध बेचेर र सोही संस्थामा काम गरेर आफ्नो घरपरिवार चलाउन सजिलो भएको स्थानिय शान्तामाया विकले वताईन । गाई तथा भैसी पालनमा लागेका रतनचुराका अधिकांस किसानहरुले दूध बेच्न थालेका छन् । ३ वर्ष अगाडि सम्म एक लिटर दूधको २० रुपया मात्र पाएका किसानहरुले हिजोआज एक लिटर दूधको ४० रुपया देखि ४५ रुपया सम्म पाउने गरेका छन् । गाविसमा दूग्ध सहकारी संस्था स्थापना भएदेखि आफुले निरन्तर दुध बेच्दै आएको र राम्रो आम्दानी लिन सफल भएको अर्का स्थानिय अमिता सापकोटाको भनाई छ । दूधको राम्रो मुल्य र सहकारीको स्थापना पछि दूध बेचेर नै छोराछोरीको पढाई खर्च र घरपरिवार चलाउन सजिलो भएको स्थानिय मिनुकुमारी थापामगरको भनाई छ ।
किसानहरुले उत्पादन गरेका दूग्ध जन्य पदार्थको बजार व्यवस्थापनमा स्थानिय महाभारत दूग्ध सहकारी संस्था र जिल्ला दूग्ध सहकारी संस्था लिमिटेड सिन्धुलीले सहयोग गरेका छन् । सहकारीमार्फत डेरी खोलेर वजार व्यवस्थान गरिएको महाभारत दूग्ध सहकारी संस्थाका अध्यक्ष नवराज गजुरेलले वताए । गाई भैसी पालेका किसानहरुले गाउँघरमै बसेर राम्रो आम्दानी गरेको देखेर अन्य रतनचुरा, भद्रकाली, जलकन्या, रानीचुरी, वेलघारी, कमलामाई नगरपालिका लगायतका गाउँमा पनि पशुपालन गर्ने लहर चलेको गजुरेलको भनाई छ । सिन्धुलीमा अहिलेसम्म १० वटा दूग्ध उत्पादन कृषि सहकारी संस्था गठन भईसकेको पनि गजुरेलले वताए ।
सिन्धुली । सिन्धुलीमाडिमा कोसेली डेरी स्थापना भएको ६ वर्ष भएको छ । डेरीमा जिल्लाका ५ गाविस लगायत नगरपालिका आसपासका क्षेत्रवाट दुध संकलन गरिन्छ । डेरी स्थापना भएपछि दही, मोही, घिउ, पनिर, छुर्पी लगाएतका सामानहरुका लागि जिल्लाका उपभोक्ताहरुले वाहिर जानुपर्ने समस्या टरेको छ । त्यति मात्रै हैन डेरीमा २ जनाले रोजगारी समेत पाएका छन् ।
चीना थापा, सिन्धुली
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
