सहकारीमार्फत बङ्गुरपालनका लागि अनुदान
म्याग्दी । जिल्ला पशुसेवा कार्यालय म्याग्दीले यस वर्ष दुईवटा सहकारी संस्थालाई सामूहिक बङ्गुरपालनका लागि अनुदान रकम विनियोजन गरेको छ ।
बङ्गुरपालनको माध्यमबाट रोजगारी सिर्जना, समुदायको आय वृद्धि र स्थानीय बजारमा मासुको आपूर्ति सहज बनाउने उद्देश्य लिइएअनुरुप दुईवटा संस्थालाई १६ लाख ५० हजारभन्दा बढी अनुदान रकम छुट्याइएको हो ।
बेनी नगरपालिका–२ रत्नेचौर अर्जमको देउराली सहकारी संस्था र बेनी डम्मराको म्याग्दी बङ्गुरपालन सहकारी संस्थालाई अनुदान उपलब्ध गराउन जिल्ला कृषि विकास समितिको बैठकले बजेट विनियोजन गरेको पशुसेवा कार्यालयका प्रमुख पशु चिकित्सक दयाराम चापागाईंले जानकारी दिनुभयो ।
ती संस्थाले बङ्गुरपालनका लागि खोर निर्माण, पाठापाठी खरिद, विद्युत् जडान, खानेपानी आपूर्ति र दानापानीको व्यवस्थाका लागि रु आठ लाख ३० हजारका दरले रु १६ लाख ६० हजार अनुदान प्राप्त गर्ने छन् ।
गत वर्ष बिम बहुउद्देश्यीय सहकारी संस्थाले बङ्गुरपालनका लागि उक्त अनुदान प्राप्त गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
