वचत तथा ऋण सहकारीहरु एकिकृत मोडलतर्फ
काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा काठमाडौंमा साकोस एकीकृत प्रणाली विषयक एक दिवसिय गोष्ठि सम्पन्न भएको छ । नेफ्स्कून अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा संचालन भएको सो गोष्ठिमा सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिव श्रीधर गौतम प्रमुख अतिथि रहेका थिए ।
गोष्ठिमा आगामी दिनमा सहकारीहरु एकिकृत प्रणालीमा जान किन आवश्यक छ र त्यसका लागि सरोकारवाला निकायहरुको के कस्तो भूमिका हुनुपर्दछ भन्ने विषयमा बहस भएको थियो । मध्यमाञ्चल विकास क्षेत्रका १५० सहकारीहरुको सहभागिता रहेको कार्यक्रममा साकोस एकिकृत प्रणालीमा जानको लागि आवश्यक चारवटा प्रमुख पक्षहरु ः श्रोतहरुमा पँहुच र एकरुपता, स्तरिय कार्यसंचालन, करारीय एक्यबद्धता, सुशासन र स्वनियम कायम गर्न केन्द्रमा नीतिगत सर्वोच्चता रहने र प्रारम्भिक संस्थामा कार्यगत स्वायत्तता विषयमा छलफल भएको थियो । विषेशत शहरका सहकारीहरुमा समस्या आएको र यसलाई समाधान गर्ने एकमात्र विकल्प एकिकृत मोडल उपयुक्त हुने भएकोले अवको यात्रा यसतर्फ हुनुपर्नेमा सहभागिहरुको सामुहिक निष्कर्ष रहेको थियो ।
एकै पहिचान, नीति, विधि र कार्यविधिमा एकरुपता, एक सदस्य एक साकोस, एउटै लेखामान र सम्पुर्ण संस्थाहरु एकै नेटवर्कभित्र रहनुपर्ने, संघले सघन अनुगमन र सुपरिवेक्षण गर्नुपर्ने, तालिम र शिक्षामा संघले महत्वपुर्ण भूमिका खेल्नुपर्ने लगायतका विषयहरुमा सामुहिक साझा निष्कर्ष रहेको थियो । कार्यक्रममा बोल्दै सचिव श्रीधर गौतमले नेपालका सहकारीहरुलाई यस मोडलमा जान आवश्यक रहेको र यसलाई सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफु तत्पर रहेको बताए ।
त्यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले सहकारीहरुलाई स्वनियम मात्र भनिदिएर नहुने रहेछ, त्यसका लागि नियमनकारी निकायको सक्रियता जरुरी रहेको बताए ।
राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले यो अभ्यास दक्षिण कोरिया र क्यानडामा सफल भएकोे, संसारका अधिकांश मुलुक यस मोडलमा गएको उदाहरण दिदैं अब सहकारी अभियानको पाईला त्यसतर्फ अगाडि बढिसकेको बताए । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
