‘सहकारी अभियानलाई वित्तिय अनुशासनयुक्त बनाउन जरुरी’
सिमरा । सहकारी अभियानलाई वित्तिय अनुशासनयुक्त बनाउनका लागि नेफ्स्कून अग्रसर रहेको नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले बताएका छन् ।
मंगलबार महोत्तरीको बर्दिवासमा सहकारी अभिमुखीकरण तथा नेफ्स्कून आवद्धता गोष्ठिमा बोल्दै पौड्यालले उक्त बचत तथा ऋण सहकारीहरुमा देखा परेका विकृतिहरुलाई हल गर्न र उपलव्धिहरुलाई संस्थागत गर्नका लागि नेफ्स्कून एकीकृत सञ्चालन प्रणाली मुलुकभर लागु गर्न खोजेको पौड्यालको भनाई थियो ।
गोष्ठिमा बोल्दै नेफ्स्कूनका सञ्चालक तथा हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले वित्तिय सहकारी सञ्चालन जोखिम र चुनौतियुक्त भएकोले यसको व्यवस्थापनमा सहकारीकर्मीहरु गम्भिर हुनुपर्ने बताए । सहकारी अभियानलाई गुणात्मक र उत्पादनकेन्द्रीत बनाउन बचत तथा ऋण सहकारीहरुले पूंजी परिचालन गर्न ध्यान दिनुपर्ने उनको भनाई थियो ।
त्यस्तै नेफ्स्कूनका सञ्चालक दीपक पनेरुले बचत तथा ऋण सहकारीहरुलाई कृषिमैत्री बनाउनुपर्ने त्यसका लागि नेफ्स्कूनले कृषिवित्त पक्षलाई जोड दिएको बताए । सहकारीप्रति नागरिकको चेतनास्तर अझै बढन बांकी रहेको बताउदै पनेरुले सहकारी अभियन्ता गम्भिर हुनुपर्ने बताए ।
कार्यक्रममा सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, महोत्तरीका अध्यक्ष कृष्णबहादुर सिंहलगायतले आफ्नो धारणा राखेका थिए । त्यस्तै पर्साको वीरगञ्जमा पनि जिल्लास्तरीय अगुवा सहकारीकर्मी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा सम्पन्न नेफ्स्कूनका महासचिव परितोष पौड्याल, नेफ्स्कूनका सञ्चालकद्वय कृष्ण पौडेल र दीपक पनेरु, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठी, जिल्ला संघका उपाध्यक्ष असगर अली, सचिव पन्नालाल दास, सञ्चालक रामनिवास देहातीलगायतले आफ्नो धारणा रोखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार