२१ कात्तिक २०८३, शनिवार

ललित ब्युटिसियन सहकारीको दोस्रो निःशुल्क सौन्दर्य शिविर सम्पन्न

२०७१ मंसिर ६, शनिवार
ललित ब्युटिसियन सहकारीको दोस्रो निःशुल्क सौन्दर्य शिविर सम्पन्न

ललितपुर । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुर जिल्लाको नखिपोटमा निःशुल्क सौन्दर्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

शिविरलाई फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको सहआयोजना गरेको थियो । शिविरमा १५० जनाले फेसियल र १०० जनाले हेयर कटिङको सेवा लिएका थिए । सो सहकारी संस्थाको नखिपोट शिविर दोस्रो हो । गत साता भनिमन्डलबाट सौन्दर्य शिविर अभियान सुरु भएको थियो । ललितपुर जिल्लाका शहरी र ग्रामिण भेग गरी विभिन्न २२ स्थानमा शिविरको आयोजना गरिने संस्थाकी अध्यक्ष मिना रिमाल न्यौपानेले जानकारी दिइन । ‘नारी व्यक्तित्व विकासका लागि स्वास्थ्य र सौन्दर्यसँग सहकारी’ भन्ने नाराकासहित सौन्दर्य शिविर संचालन गरिएको हो । उक्त कार्यक्रममा आवश्यक सौन्दर्य सामाग्री भिएलसिसि कस्मेटिक ब्रान्डले उपलब्ध गराएको थियो ।

सहकारिता मार्फत आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्दै आयस्रोत कम भएका महिलाहरुलाई सीपमूलक कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर वनाउने उद्देश्यले स्थापित संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक आवस गृह सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसका साथै यस संस्थाले विभिन्न अनाथ आश्रम, जेष्ठ नागरिक आवास गृह र पुर्नस्थापना केन्द्रमा गई कपाल काटने, फेसियल गर्ने र कपालमा कलर गर्ने लगायतका कार्यक्रमहरु निःशुल्क सञ्चालन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय