२१ कात्तिक २०८३, शनिवार

दार्चुलाको लागि ३ करोड भारतीय सहयोग

२०७१ मंसिर ६, शनिवार
दार्चुलाको लागि ३ करोड भारतीय सहयोग

दार्चुला । महेन्द्र नमुना उच्च माध्यमिक विद्यालय भवन निर्माणको लागि एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

भवन निमार्णका लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारले ३ करोड ३ लाख सहयोग गर्ने सम्झौता भएको हो ।

सन् १९६० मा निम्न माध्यमिक विद्यालयको रुपमा स्थापित तथा १९९३ मा उच्च माविमा स्तरोन्नती गरिएको श्री महेन्द्र नमुना उच्च माध्यमिक विद्यालय सुदूरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्ला खलंगा गाविस वार्ड नं. ४ मा अवस्थित जिल्लाको सबभन्दा पुरानो सरकारी विद्यालय हो ।

विद्यालयमा हाल उपलव्ध पूर्वाधार जीर्ण तथा सवै विद्यार्थीहरुलाई अटाउन अपर्याप्त रहेको छ । यस परियोजना अतिरिक्त, भारतको ने.रु. २ करोड ४८ लाख सहयोगमा दार्चुला जिल्लामा अन्य २ ओटा परियोजनाहरु सम्पन्न भैसकेका छन् भने २ ओटा एम्बुलेन्स समेत यस जिल्लालाई प्रदान गरिसकिएको छ ।

अभिलेख

लोकप्रिय