२१ कात्तिक २०८३, शनिवार

सहकारी कार्यालय पाल्पाका प्रमुखले अवैध रुपमा रकम असुले

२०७१ कात्तिक २४, सोमबार
सहकारी कार्यालय पाल्पाका प्रमुखले अवैध रुपमा रकम असुले
class="_5wde" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0"> class="_5wdf _5w1r" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0.0"> style="text-align: justify;" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0.0.0">पाल्पा । डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख नेत्रप्रसाद घिमिरेले पाल्पा र गुल्मी जिल्लाका सहकारी संस्थाहरुबाट अवैध रूपमा पैसा असुलेको रहस्य खुलेको छ । विभिन्न विवरण बुझाउन गएका सहकारीबाट घिमिरेले एक सयको रसिद काटेर ६ सयसम्म लिएको रहस्य खुलेको हो ।
घिमिरेले विन्दवासी महिला बचत तथा ऋण सहकारी सोमादीबाट ६ सय लिएर एक सयको रसिद काटेको सहकारीकी अध्यक्ष लक्ष्मी पोखरेलको भनाइ छ । त्यस्तै नमुना कफी उत्पादकबाट पनि उनले ५ सय मागेर एक सयको रसिद काटेर दिएको सहकारीका अध्यक्ष प्रेम सिंजालीले बताए ।
घिमिरेले शिवशक्ति सहकारीबाट अवैध रूपमा पैसा लिएको उजुरी जिल्ला प्रशासन कार्यालय पाल्पामा परेपछि प्रजिअ विष्णुकमार कार्कीले सो कार्यालयमा निगरानीका लागि कर्मचारी पठाएका थिए । घिमिरले रसिद उल्लेख गरेको भन्दा बढी पैसा नलिएको बताएका छन् ।
डिभिजन सहकारी कार्यालयका एक कर्मचारीले नाम नखोल्ने सर्तमा भने, उहाँले पैसा लिएको भने सत्य हो । सहकारी कार्यालयमा लेखापालसहितको दरबन्दी रहेको छ । तर, कार्यालय प्रमुखले नै पैसा कमाउन आफैँले नै रसिद काटेको त्यहाँका कर्मचारीको भनाइ छ । घिमिरेको केही महिना अघि डिभिजन सहकारी कार्यालयमा झापाबाट सरुवा भएर थिए ।
class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2014/11/10/%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%be/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय