२१ कात्तिक २०८३, शनिवार

दियो साकोसको नाफा २७ लाख, १५ प्रतिशत लाभांश दिने

२०७१ कात्तिक १७, सोमबार
दियो साकोसको नाफा २७ लाख, १५ प्रतिशत लाभांश दिने

काठमाडौं । चाल्नाखेलमा रहेको दियो सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आर्थिक वर्षमा २०७०/०७१ मा २७ लाख २७ हजार ७०९ खुद नाफा गरेको छ ।

संस्थाकोे छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष विकास थापाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको प्रतिवेदनमा मुनाफाबाट वार्षिक १५ प्रतिशतका दरले सेयर सदस्यहरूलाई लाभांश वितरण गरिने घोषणा गरे ।

संस्थामा २०७१ असार मसान्तसम्म दुई हजार ५ सय ८४ सदस्य रहेको गएको आर्थिक वर्षमा मात्रै ३३१ जना सदस्य थपिएको अध्यक्ष थापाले जानकारी दिए । संस्थाको सेयर पुँजी ६१ लाख ६३ हजार २०० रहेको तथा बचत संकलन आठ करोड ७९ लाख ५३ हजार ५ सय ८७ रहेको तथा ऋण लगानी सात करोड ८० लाख ३१ हजार ७ सय ९३ रहेको विवरण अध्यक्ष थापाले प्रस्तुत गरे ।

साधारणसभाले कोषाध्यक्ष कृष्णराज विष्टले प्रस्तुत गरेको आर्थिक वर्ष २०७१÷०७२को वित्तीय विवरणको लेखापरीक्षण गरिएको प्रतिवेदन पारित गरेको छ ।

अभिलेख

लोकप्रिय