एक महिनामा सात हजार पर्यटक
सोलुखुम्बु । विसं २०७१ को असोज महिनामा छ हजार ८१० जना विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार जोरसल्लेबाट छ हजार ७५३ जना, स्याङ्बोचे चेकपोष्टबाट ४६ जना र राष्ट्रिय निकुञ्जको कार्यालयबाट ११ जना गरी कुल छ हजार ८१० पर्यटक खुम्बु क्षेत्र प्रवेश गरेका हुन् ।
कार्यालयको तथ्याङ्कअनुसार खुम्बु क्षेत्र भ्रमणमा आउने विदेशी नागरिकमध्ये सबैभन्दा बढी अस्ट्रेलियाका ९५० जना, अमेरिकाका ७५२ जना र तेस्रोमा जर्मनीका ७२२ रहेका छन् ।
असोज महिनामा भ्रमणमा आएकामध्ये १० वर्ष मुनिका १० जना बालबालिकाले निःशुल्क प्रवेशाज्ञा पाएका थिए । असोज महिनाको एक महिने तथ्याङ्कमा सार्क क्षेत्रबाट भने भारतबाट २०५, श्रीलङ्काबाट छ र बङ्गलादेशबाट १० जना आएका थिए । अघिल्लो वर्षको असोज महिनामा भने छ हजार ४६२ विदेशी नागरिकले भ्रमण गरेका थिए ।
यसैबीच गएको असोज महिनामा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले एक करोड ६१ लाख ४० हजार ७१३ रुपैयाँ ६० पैसा राजस्व सङ्कलन गरेको छ । मालिङ्गो पुर्जी, बालुवा, हेली अवतरण, पर्यटन प्रवेश शुल्क, पर्यटन भरिया शुल्कलगायतबाट यो राजस्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
