‘शेयर सदस्यलाई जागरुक बनाउन जरुरी’
पर्सा । श्रीपुर स्थित राजेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको दोस्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उत्तम कुमार साह सभापतित्वमा सम्पन्न कार्यक्रममा डिभिजिन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद साह, जिल्ला विकास समिति पर्साका पुर्व सभापति रामअज्ञा प्रसाद रौनियार, बचत तथा ऋण सहकारी संघ पर्साका सदस्य रामनिवास देहाती लगायतको सहभागीता रहेको थियो ।
साधारणसभामा डिभिजन सहकारी कार्यालय पर्साका प्रमुख साहले सहकारीका शेयर सदस्यहरुलाई जागरुक गराउन सहकारी शिक्षाको जरुरी देखिएको बताए । संस्थामा हाल १ सय २९ जना शेयर सदस्यहरु रहेका छन् ।
त्यसै गरी पर्सा धर्मशाला रामगढवामा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारण सभा पनि सम्पन भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि पनि डिभिजिन सहकारी कार्यालय पर्साका प्रमुख राजु प्रसाद साह रहेका थिए । यस संस्थामा १ सय ७२ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
