२० कात्तिक २०८३, शुक्रबार

सहकारी प्रति राज्यको नीति स्पष्ट आवश्यक : कडेंल

२०७१ कात्तिक १, शनिवार
सहकारी प्रति राज्यको नीति स्पष्ट आवश्यक : कडेंल

सुर्खेत । राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले सहकारी प्रति राज्यको नीति स्पष्ट आवश्यक रहेको बताएका छन् ।

सहकारीको माध्यमबाट गरिब तथा विपन्न वर्गको जीवनस्तर परिवर्तन गर्नु पर्ने उनको भनाई थियो । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–३, सुर्खेतको १६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कडेंलले क्यानडा, थाईल्याण्ड, भारत र जापानको सहकारीहरु स्पष्ट नीति नियमका कारण आर्थिक विकासमा उल्लेख्य प्रगती भएको बताए ।

त्यस्तै पुर्व पर्यटन तथा नागरिक उड्यन मन्त्री यामलाल कडेंलले सहकारी खोल्न मात्र नभई यसका सिद्धान्त र सरकारको नीति नियम अनुरुप संचालन गर्नु पर्ने बताए । कदम कदाचित माघ ८ मा संविधान नबनेको अवस्थामा सहकारी लगाएत सम्पुर्ण देशको आर्थिक अवस्था धरासायी हुने उनको भनाई थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सुर्खेतका भक्ति प्रसाद सापकोटाले जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले सुर्खेत जिल्ला अर्थात मध्यपश्चिम क्षेत्रकै अभिवाकत्वको भुमिका निर्वाह गर्दै आएको र झोले सहकारीहरुलाई चुनौति सावित रहको बताए ।

संस्थाका कोषाध्यक्षरुद्र बहादुर खत्रीले आर्थिक वर्ष २०७०÷०७१ मा २५ करोड ३० लाख ४२ हजार ६ सय ११ रुपैंया को कारोबार गरी २० लाख ७३ हजार ७ सय २२ रुपैंया खुद नाफा गर्न सफल भएको बताए । चालु आर्थिक वर्षका लागि संस्थाले ३२ करोड ३३ लाख ८६ लाख बराबरको कारोबार गर्ने प्रस्ताव गरेको छ ।

अभिलेख

लोकप्रिय