२० कात्तिक २०८३, शुक्रबार

साना किसानले १५ प्रतिशतले लाभांश वितरण गर्ने

२०७१ असोज २९, बुधबार
साना किसानले  १५ प्रतिशतले लाभांश वितरण गर्ने

बारा। साना किसान कृषि सहकारी संंस्था लि. इनर्वा बाराको आयोजनामा संस्था अध्यक्ष शुशिला चौधरीको अध्यक्षता एवं साना किसान कृषि सहकारी जिल्ला संघ बाराका उपाध्यक्ष मिश्रीलाल सहनीको प्रमुख आतिथ्यमा झरीको पर्वाहा नगरी ५७० जना शेयर सदस्यहरुको उपस्थितीमा  आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक झपेन्द्रराज बरालकले संस्थाको आ.व. ०७०÷०७१ को प्रगति, आगामी कार्यक्रमहरुबारे प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाले ४ करोड लगानीमा रहेको पँुजीबाट यस आव०७०÷०७१मा २४ लाख नाफा गरेको र शेयरहरुलाई १५ प्रतिशतले लाभांश वितरण गर्ने कार्यक्रम बनाएको छ ।
कार्यक्रममा उक्त संस्थाको रिप्लीकेशन गरी स्थापना गर्न महत्वपूर्ण योगदान पुरयाउनुहुने साना किसान कृषि सहकारी संस्था लि. डुमरबानाका मुख्य संस्था प्रबन्धक नारायण क्षेत्रीले संस्थाको उन्नती प्रगतिको लागि शुभकामना व्यक्त गर्दै बारा जिल्लामा तरकारी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आयको इनर्वा गाविसको धरोहरको रुपमा उक्त साना किसान रहेको बताउदै इनर्वाका जनता र सहकारी सदस्यहरुको समृद्धि गरिबी न्युनिकरणमा महत्वपूर्ण योगदान पुरयाएकोमा सराहना गरेका थिए ।
कृषि सहकारी संघका उपाध्यक्ष मिश्रीलाल सहनीले उद्घाटन मन्तव्य राख्दै बारा जिल्लामा रहेका ७०० सहकारी संस्थाहरुमध्य ९ वटा साना किसानको कारोवार नै दुई तिहाईको हाराहारीमा रहेको र बाराको समृद्धि र गरिबी न्युनीकरणमा साना किसान कृषि सहकारीको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रम संस्थाका प्रवन्धक झपेन्द्रराज बरालले संचालन गरेका थिए भने साना किसान डुमरबाना, मनहर्वा, फत्तेपुरका अध्यक्षहरु क्रमशः कृष्णप्रसाद न्यौपाने, नयनकला खड्का र कन्हायीलाल चौधरीले बोलका थिए ।

अभिलेख

लोकप्रिय