१८ वटा सहकारीको दर्ता खारेज
राजविराज । लामो समयसम्म कुनै आर्थिक कारोबार नगरेका सप्तरी र सिरहाका १८ वटा सहकारी संस्थाको दर्ता आर्थिक वर्ष २०७०÷७१ मा खारेज गरिएको छ ।
सहकारी डिभिजन कार्यालय लहानले सप्तरीका १२ र सिरहाका छवटा संस्थाको दर्ता खारेज गरेको जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको देखिएकाले ती संस्थाको दर्ता खारेज गरिएको सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक फणीन्द्र विश्वकर्माले बताए ।
आव २०७०÷७१ मा सप्तरीमा बचत सहकारी १२ र कृषि सहकारी संस्था ३१ र सिरहामा बचत सहकारी नौ, कृषि सहकारी संस्था ४६, मत्स्य सहकारी संस्था एउटा र बहुद्देश्यीय सहकारी संस्था एउटा दर्ता भएको बताइएको छ ।
योसँगै सप्तरीमा सहकारीको सङ्ख्यामा अब ५९१ वटा पुगेको छ । सिरहामा सहकारी संस्थाको सङ्ख्या ६३१ पुगेको छ । सहकारी डिभिजन कार्यालयले सप्तरी र सिरहालाई कार्यक्षेत्र बनाएर काम गर्दैआएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
