२० कात्तिक २०८३, शुक्रबार

महिला साकोसको १६ औँ साधारणसभा सम्पन्न

२०७१ असोज २३, बिहिबार
महिला साकोसको १६ औँ  साधारणसभा सम्पन्न

दुई हजार ५ सय ७ जना सेयर सदस्य सङ्ख्या रहेको सहकारीले अहिले १६ करोड ९६ लाख ४८ हजार बचत सङ्कलन गरेको छ ।
राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उद्घाटन गरेको सहकारीको साधारणसभामा सचिव स्मारिका थाम्सोहाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्म आइपुग्दा संस्थाले १२ करोड ऋण लगानी गरेको बताईन ।
यसैगरी संस्थाले ६ करोड ५० लाख ब्याज असुली गरेको छ । त्यस्तै संस्थाले आफ्ना सेयर सदस्यको आर्थिक उन्नयनका लागि रु १७ करोड ६ लाख ४० हजार लगानीमा रहेको आँकडा पनि प्रस्तुत गरेको छ ।     संस्थाकी अध्यक्ष गीता श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका प्राचार्य बलराम निरौलालगायतले मन्तव्य राखेका थिए ।

इटहरी, २३ असोज । महिला बचत तथा ऋण सहकारी संस्था (साकोस) इटहरीको १६ औँ  साधारणसभा सम्पन्न भएको छ ।

अभिलेख

लोकप्रिय