२० कात्तिक २०८३, शुक्रबार

अर्थमन्त्रीले उद्घाटन गरे सहकारी चिया उद्योग

२०७१ असोज १२, आईतवार
अर्थमन्त्रीले उद्घाटन गरे सहकारी चिया उद्योग

झापा, १२ असोज । अर्थमन्त्री डा. रामशरण महतले पृथ्वीनगर झापामा साना सहकारीद्वारा प्रवद्र्धित साना किसान चिया उद्योगको उद्घाटन गरेका छन् । उक्त कारखानामा करिब २ सय २५ किसानहरु संलग्न रहेका छन् । २ सय ५० बिगाहा क्षेत्रफलमा फैलिएको यस चिया बगानमा सरकारले ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा रामशरण महतले नेपालको समृद्धिका लागि कृषि क्षेत्रमा अपार तागत भएको बताए । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरिदिएको र ब्याजदरको लागि कार्यबिधि स्वीकृत भैसकेकोले अव यसलाई चाँडै नै कार्यान्वयनमा ल्याइने उनको भनाई थियो ।

आफू पहिलोचोटि अर्थमन्त्री हुँदा चिया उद्योगलाई अनुदानको ऋण सहुलियत उपलब्ध गराउन थालेको स्मरण गराउँदै अर्थमन्त्री डा महतले कृषि क्षेत्रमा पनि विशेषगरी चियाको विकासका लागि सरकार सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।

‘विकासका कुरा त हामीले धेरै नै गरिसक्यौं । तर नयाँ अभियान अव शुरु हुँदैछ । कृषि, पर्यटन र जलस्रोतको उपयोगबाटै आर्थिक क्रान्ति सम्भव हुनेछ ।’ उनले भने । चालु आर्थिक बर्षको बजेटमार्फत भ्याट छुट गरी चिया उद्योगलाई प्रबद्र्धन गर्न थालेको छ ।

अभिलेख

लोकप्रिय