सप्तरंगी साकोसको तेस्रो साधारणसभा सम्पन्न, समाजसेवी पुरस्कार स्थापना
बारा, १२ असोज । डुमरवानास्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था (साकोस)को तेस्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
नेफ्स्कून सञ्चालक कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघका उपाध्यक्ष मिश्रिलाल सहनी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण न्यौपाने, डुमरवाना बहुमुखी क्याम्पसका किशोर शर्मा, गढीमाई नगरपालिकाका वीरेन्द्र वाइवा, राष्ट्रिय सहकारी बैंक वीरगञ्जका प्रमुख युवराज त्रिपाठी, जनज्योती सहकारीका अध्यक्ष हरि सापकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले यसैवर्षदेखि दुई हजार नगद राशीको सप्तरंगी समाजसेवी पुरस्कार स्थापना गरेको छ । यस वर्षको पुरस्कार मरणोपरान्त राधाकृष्ण चौधरीलाई प्रदान गरेको छ । प्रमुख अतिथि कृष्ण पौडेलले पुरस्कार चौधरीका परिवारलाई दोसल्ला ओढाएर हस्तान्तरण गरे ।
उदघाटन सत्रपछि आयोजित बन्दसत्रमा अध्यक्ष र लेखा संयोजक अनिल चौधरीको प्रतिवेदन सुझावसहित पारीत गरेको छ । तीन वर्षअघि स्थापना भएको सप्तरंगी सहकारीमा हाल तीन सय सदस्यहरुवीच एक करोड वीस लाखको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
