सिटिभीको सुनको सिक्का सिग्देललाई
काठमाडौं । दशैंतिहारमा अफर अन्तर्गतको पहिलो सुनको सिक्का किहुँ गाबिस ३ तनहुँका ध्रुबराज सिग्देलले पाएका छन् । सिग्देलले न्युरोडको ताम्रकार कम्प्लेक्सस्थित सिटिभी मोबाइलको पसल नं १२ बाट माइक्रोम्याक्सको मोबाइल खरिद गरेका थिए ।
धेरै पसलमा अफर राख्ने गरेको र आफुले अफरका लागि मोबाइल खरिद नगरेको तर सुनको सिक्का पर्दा खुशीको सिमा नरहेको सिग्देलले बताए । सिटिभीले असोज १ गतेबाट दिपावलीसम्मका लागि ल्याएको दशैंतिहार उपहार—सदाबहार योजना अन्तर्गत उसको आउटलेटबाट कुनैपनि मोबाइलको खरिदमा भित्ते घडी, टर्चलाइट, मोबाइल सेट, टिसर्ट, सुनचाँदिको सिक्कासम्म पाउने र यो योजना अन्तर्गत सयौंले खालीहात नजाने उपहार प्राप्त गरिसकेको सिटिभि मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
यो योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२, १३ र ३३ तथा चाबहिल स्थित केएलटावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलका आउटलेटमा यो ब्यबस्था गरिएको ग्लाइडरले बताए । पछि पर्नसक्ने ठुला ठुला लक्कि ड्र भन्दा ग्राहकहरु प्रत्यक्ष प्राप्त गर्ने छुट तथा हात खाली नजाने उपहारमा बिश्वास गर्ने भएकोले यसपटक सिटिभिले यस्तो योजना ल्याएको सिटिभीका मार्केटिङ मेनेजर समा श्रेष्ठले जानकारी दिइन ।
अन्य थुप्रै सुन तथा चाँदीका सिक्का बाँकी रहेकोले यसबाट लाभान्बित हुन खरिदकर्तालाई श्रेष्ठले अनुरोध गरिन । यो उपहार योजनाको साथै पुरानो मोबाइलहरुको एक्सचेन्ज अफरलाई भने कायमै राखेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
