कारोबार बढाउँदै सिर्जनशील साकोस
व्यक्तिगत जमानीका आधारमा सहकारीबाट एक लाखसम्म ऋण लिनेको सङ्ख्या ५ सय २२ , एक लाखभन्दा माथि ऋण लिने सदस्य ९१ जना रहेका छन् ।
कञ्चनपुर, ११ असोज । सिर्जनशील बचत तथा ऋण सहकारी संस्था झलारी–७ ले आव ०७१/७२ को हालसम्म एक करोड ६४ लाख ७ सय ७७ रुपैंया निक्षेप सङ्कलन गरेको छ ।
आव ०७०÷७१ मा सहकारीले ९७ लाख ४१ हजार ७२ निक्षेप सङ्कलन गरेको थियो । आज आयोजित सातौँ वार्षिक साधारणसभामा आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सचिव मदनराज भट्टले बचत निक्षेपमा ९५ लाख ७१ हजार ४ सय ९६ रुपैंया र अन्य निक्षेपमा ६८ लाख २९ हजार २ सय ८१ सङ्कलन भएको बताए ।
सो सहकारीले सात वर्षको अवधिमा संस्थामा आबद्ध सदस्यलाई १६ करोड ३२ लाख छ हजार ५ सय ७ रुपैंया आयआर्जनका कार्यका लागि ऋण लगानी गरेको छ । लगानी गरिएको रकममध्ये ११ करोड ६१ लाख पाँच हजार ६५ रकम असुल भइसकेको छ ।
सहकारीको एक वर्षभन्दा बढी भाका नाघेको ऋण सात हजार २ सय ५० रुपैंया रहेको छ । जुन कुल लगानीमा रहेको ऋणको शून्य दशमलव १ प्रतिशत रहेको छ । सहकारीले चालु आवको हालसम्म खुद नाफा २४ लाख ८१ हजार १ सय ५९ रुपैंया रहेको छ । सहकारीको सेयर पुँजी गत वर्ष ५० लाख ५६ हजार रहेकामा चालु आवमा बढेर ७० लाख ४७ हजार एक सय पुगेको छ ।
संस्थाको भावी योजनाअनुसार तीन करोड बराबरको सेयर निस्कासन गर्ने, ऋण लगानीको दरलाई आठ करोड पु¥याउने र भाका नाघेको कर्जालाई शून्य प्रतिशतमा झार्नेलगायत रहेको छ । आव ०६४/६५ मा विधिवत् रूपमा दर्ता भई सञ्चालनमा आएको सहकारीले झलारी, पिपलाडी, कृष्णपुर, देखतभूली र दैजीमा कार्य गर्दै आएको छ ।
सहकारीले कृष्णपुर र दैजीमा सेवा केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । सहकारीले सातौँ साधारणसभादेखि बचत फिर्ता कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । यस सहकारीमा हालसम्म एक हजार ६ सय ६५ जना सदस्य आबद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
