२० कात्तिक २०८३, शुक्रबार

विकू साकोस सम्मानित

२०७१ असोज ११, शनिवार
विकू साकोस सम्मानित

गैडाकोट ११ असोज । नेपालकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था विकू बचतलाई गैडाकोट नगरपालीकामा रहेको सहकारी समन्वय मंचले सम्मान गरेको छ ।

नवलपरासीको गैडाकोटमा मन्चले आज एक कार्यक्रम गरि एशियाली ऋण महासंघको प्राविधिक सहयोग तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. द्धारा सञ्चालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागी सर्वोत्तम छनौट कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय स्तरको व्राण्ड प्राप्त गर्न सफल भई  नवलपरासी जिल्ला र समग्र राष्ट्रकै शिर उच्च बनाएको भन्दै विकू बचतका अध्यक्ष हरिलाल सापकोटा र प्रमुख अधिकृत माधव प्रसाद पौडेललाई सम्मान पत्रका साथ दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का उपाध्यक्ष डि बि बस्नेत सोक्रममा बोल्दै यो सफलता विकू बचतको मात्र नभई समग्र नवलपरासी जिल्लाका सहकारी कर्मीहरुको भएकाले सबै जिल्ला बसी लाईनै बधाई दिनु भयो । नवलपरासी जिल्लाका करिव ४४ बटा विभिन्न खालका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरु को सहभागीता रहेको उक्त कार्यक्रम समन्वय मन्चका अध्यक्ष माधब गौतमको को अध्यक्षतामा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय