२१ कात्तिक २०८३, शनिवार

सरकार भन्दा सहकारी अगाडि

२०७१ असोज ११, शनिवार
सरकार भन्दा सहकारी अगाडि

भरतपुर ,११ असोज । नेपाल बचत तथा ऋण सहाकारी संघका केन्द्रिय अध्यक्ष ऋषिराज घिमिरेले सरकारले सहकारीको विकास आँकलन गर्न नसक्दा नीति निमार्णमा सहकारी अघिअघि र सरकार पछि पछि भएको बताएका छन् ।
चितवनको भरतपुर ६ बैदिकनगरमा रहेको लोककल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेपछि उनले संस्थाका पदाधिकारीलाई सम्बोदन गर्दै यस्तो बताएका हुन ।

बचत तथा ऋण सहकारीमा मासिक बचत अनिवार्य गरिनुपर्ने र अनिर्वाय बचत कम्तीमा दस वर्ष फिर्ता नगर्ने नीति बनाएमा संस्था कहिल्यै समस्यामा नपर्ने उनले बताए । संस्थाका अध्यक्ष शालिकराम खरेलको अध्यक्षतामा समपन्न कार्यक्तममा उपाध्यक्ष नारायणप्रसाद कँडेल, सचिव शिवहरि पंगेनी, सहसचिव सुर्यप्रकाश कँडेल, कोषध्यक्ष नवराज रेग्मीलगायतले केन्दिय अध्यक्ष घिमिरे सामु जिज्ञासा राखेका थिए ।

सहकारी ऐन अनुसार जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा २०६४ सालमा दर्ता भएको लोक कल्याणकारी सहकारीमा अहिले दुई सय ६४ महिला र दुई सय ७७ पुरुष सेयर सदस्य छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय