सहकारी बजार दशैं पछि सञ्चालमा आउने
काठमाडौं, ९ असोज । आठ केन्द्रीय सहकारी संघ र सहकारी विभागको आर्थिक सहयोगमा काठमाडौंको शान्तिनगरमा सहकारी बजार सञ्चालनमा आउने भएको छ । केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघले दिएको जानकारी अनुसार दशैं र तिहारको बीचदेखि यो बजार सञ्चालनमा आउने भएको हो ।
दशैंलाई लक्षित गरी सहकारी बजार सञ्चालनमा ल्याउने भनिए पनि सजावटको काम नसकिएको भन्दै बजार सञ्चालनमा ढिलाइ भएको संघका अध्यक्ष विनोद पराजुलीले जानकारी दिए । हाल १० वटा स्टलबाट बजार सञ्चालनमा आएको भन्दै उनले बजारको स्थापनका लागि आवश्यक प्रक्रिया पु-याएपछि दशैंलगत्तै बजार सञ्चालनमा आउने उल्लेख गरे । सहकारी संस्थाहरुका उत्पादनहरुलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ६० वटा सहकारीका स्टल रहने गरी सञ्चालनमा आउन लागेको सहकारी बजार असोज ४ गते औपचारिक रुपमा सुरु गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएको भन्दै स्थगित गरिएको हो । सहकारी बजार सञ्चालनका लागि कृषि तथा उत्पादनसँग आबद्ध भएका केन्द्रीय सहकारी संघहरु र सहकारी विभागको आर्थिक सहयोगमा काठमाडौंको शान्तिनगरमा बजार सञ्चालनमा ल्याइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
