पशुपति र हुलासको फलामे डण्डी बिक्रीमा रोक
विराटनगर, ८ असोज । दुईवटा कम्पनीको डण्डीको मुठोको तौल घटी पाइएपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले त्यसको बिक्रीमा रोक लगाएको छ ।
पशुपति आइरन एन्ड स्टील उद्योग र हुलास स्टीलका डण्डीको बिक्रीमा रोक लगाइएको सो कार्यालयले जनाएको छ । ती कम्पनीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुनसमेत पत्राचार गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च, वाणिज्य कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहित पत्रकारको संयुक्त टोलीले आज विराटनगरका हार्डवेयर पसलमा बिक्रीका लागि राखिएका फलामे डण्डीका मुठो जाँच गर्दा तौल घटी पाएको हो ।
अनुगमनका क्रममा प्रत्येक मुठोमा एक किलो घटी तौल पाइएको र एक किलो १०० ग्रामसम्मको हुक प्रयोग गर्ने गरिएको तर सो हुक उपभोक्तालाई नदिँदा दुई किलो बराबरको डण्डीको मूल्य ठगी हुने गरेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी गराउनुभयो ।
मुलुकभर वितरण गरिने ती कम्पनीका डण्डीको प्रत्येक मुठोमा एक–एक किलो कम पाइएपछि लाखौं उपभोक्ता ठगिएको हुनसक्ने अड्कल गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
