२० कात्तिक २०८३, शुक्रबार

लाखौं बचत गर्छन् महिलाहरु

२०७१ असोज ८, बुधबार
लाखौं बचत गर्छन् महिलाहरु

महोत्तरी, ८ असोज । सदियाै‌ देखि घरको कामकाजमा सीमित रहेका महोत्तरीका ग्रामीण भेगका महिलाहरू समूहमा आबद्ध भएर लाखौं रकम बचत गर्न सफल भएका छन् ।

जिल्लाको मध्यपश्चिम भागमा रहेको गौशाला नगरपालिकालगायत बेलगाछी गाविसका घरगृहस्थीमा सीमित रहेका महिलाहरूले समूहमा आबद्ध भई बचत गर्ने बानी बसालेका हुन् । विसं २०६८ मा महोत्तरीको बेलगाछीमा स्थापित सेवा समाजिक उद्यमी महिला सहकारी संस्थामाफर्त गठन भएको विभिन्न १६ वटा समूहमा २९८ जनाले सेयर लगानी गरेका छन् । उक्त संस्थामा गत असार महिनासम्ममा रु ३३ लाख ७७ हजार ७२० सङ्कलन भएको छ भने ३२ लाख ६० हजार ५०० समूहमा ऋण लगानी गरेको संस्थाकी अध्यक्ष मनकुमारी थापाले जानकारी दिइन । त्यस्तै उक्त संस्थामा २६ लाख १९ हजार ३ सय ३८ बचत रहेको अध्यक्ष थापाले जानकारी दिए । एक समूहमा १६ देखि २५ जना महिला रहेका र उनीहरूले मासिक १०० का दरले बचत गर्दै आएको संस्थाकी सचिव रेणुका सिंहले बताए ।

संस्थामा बचत गर्दै आएकामध्ये कसैलाई पैसाको आवश्यक परेसमूहबाट एक पल्टमा एकजनालाई एकमुष्ठ २५ हजारका दरले ऋण लगानी गर्दै आएको सचिव सिंहले बताए ।समूहमा आबद्ध भएपछि आफूहरूको दिनचर्यामा परिवर्तन भएको उनीहरूको भनाइ छ । आफूहरूलाई आइपरेको बखतमा गाउँघरमा महँगो व्याजदरमा ऋण उठाउन नपरेको समूहका एक सदस्य भक्तमाया लुम्रेले बताए ।

अभिलेख

लोकप्रिय