इलामका युवाले खोले सहकारी
अहिले गाउँमा दैनिक २ हजार ५ सय लिटर दूध उत्पादन हुने गरेको व्यावसायिक गाईपालन कार्यान्वयन समिति फुलेकका अध्यक्ष कमल खड्काले बताए। गाउँका युवाहरूले होलस्टोन र जर्सी जातका दूध धेरै दिने गाई पालेका छन्। आम्दानी र रोजगारीको मुख्य बाटो उन्नत जातका गाईपालनलाई रोजेका गाउँका युवाले रोजीरोटीका लागि खाडी मुलुकमा पुगेकाहरूलाई समेत बोलाएर यही व्यवसाय गर्न प्रोत्साहित गरिीरहेका छन्। खाडी मुलुकबाट फर्किएर आएकाहरू पनि गाईपालन व्यवसायमै लागेका छन्, युवा किसान अमृत गौतमले भने।
युवाहरूले नयाँ जोस, शैली र जाँगरका साथ सुरु गरेको गाईपालन व्यवसाय नै सिंगो गाविसको मुख्य आमदानीको स्रोत र व्यवसाय बनेको सार्वजनिक उच्चमावि फुलेकका प्रध्यानाध्यापक समेत रहेका समिति अध्यक्ष खड्काले बताए। ुगाईपालन व्यवसाय सुरु गरेपछि दुई चार पैसा आम्दानीका लागि अन्यत्र भौंतारिनुपरेको छैन, फुलेक ५ का युवा किसान मचिन्द्र कार्कीले भने, ुअन्य स्रोत नभएको समयमा गाईपालनले रोजगारी र आम्दानी दुवै दिएको छ। गाउँमा बसोबास गर्ने सबैजसो युवा अहिले व्यावसायिक रूपमा गाईपालनमा लागेका छन्। ३ सय ४० घर संख्या रहेको फुलेकमा २ हजार ५ सयभन्दा बढी उन्नत जातका गाई पालिएका छन्। युवा किसानले घर घरमा उत्पादन गरेको दूध बजारसम्म पुर्याउने काममा पनि युवालाई नै रोजगारी दिएका छन्। उत्पादित दूध संकलनका लागि गाउँका प्रत्येक वडामा सहकारी संस्था मार्फत दुग्ध संकलन केन्द्रसमेत सञ्चालन गरिएका छन्। सहकारी संस्थामा आवद्ध अधिकांश सदस्यहरू पनि युवा उमेर समूहकै रहेको सार्वजनिक नमुना दुग्ध उत्पादक सहकारी संस्थाका लेखा समिति संयोजक कृष्ण कटुवालले बताए।
दूध बिक्रीबाट मात्र युवा किसानले वाषिर्क १ करोड ५० लाख रुपैयाँ गाउँमा भित्र्याइरहेका छन्। युवाले नेतृत्व गरेको गाईपालन व्यवसायमा गाउँका अन्य उमेर समूहकाले समेत साथ दिएको फुलेक९९ चित्रेका किसान होम रायले बताए। सुरुमा रहरले गाउँका केही किसानले इलामको फिक्कलबाट ल्याएर सुरु गरेको उन्नत जातका गाईपालन व्यवसाय अहिले जिल्लाकै नमुना व्यवसाय बनेको छ। युवा किसानलाई प्रोतसाहित गर्न पशु सेवा कार्यालयले समेत केही वर्षअघिदेखि उन्नत जातका गाईपालन पकेट क्षेत्रका रूपमा विकास गर्न कार्यक्रम नै सञ्चालन गरेको वरिष्ठ पशु चिकित्सक डा शिवजीप्रसाद दासले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
