२० कात्तिक २०८३, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरु नभएका गाविसमा पाँच लाखको कर्जा सीमा

२०७१ असोज ८, बुधबार
बैंक तथा वित्तीय संस्थाहरु नभएका गाविसमा पाँच लाखको कर्जा सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु नभएका गाउँ विकास समितिहरुमा पाँच लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्नसक्ने सीमा तोकेको छ ।
मंगलबार गाविसमा सञ्चालित लघुवित्त विकास बैंकहरुका लागि पाँच लाख रुपैयाँको कर्जा सीमा तोकेको हो । यसअघि यस्तो कर्जा सीमा ३ लाख रुपैयाँ थियो ।
यस्तो कर्जा व्यक्ति वा समूह दुवैलाई दिन सकिने राष्ट्र बैंकको निर्देश्ानमा उल्लेख छ । कर्जा प्रवाह गर्दा अनिवार्यरुपमा धितो लिनुपर्नेछ ।

अभिलेख

लोकप्रिय