कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई
काठमाडौं, ७ असोज । सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिक साझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयर स्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुप कार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व ४९ प्रतिशत मात्र कायम हुनेछ ।
यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी रणनीतिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको थियो । ‘तर ३१ प्रतिशत मात्र सेयर दिँदा विदेशी बैंक नआउने सम्भावना देखिएकाले मोडालिटी परिवर्तन गर्न लागिएको हो,’ बैंकका कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले भने ।
एसियाली विकास बैंक (एडीबी)ले नियुक्त गरेका परामर्शदाताले रणनीतिक साझेदारलाई ५१ प्रतिशत सेयर दिनुपर्ने सुझाएको थियो । चीनलगायत विभिन्न देशका बैंकले ५१ प्रतिशत सेयर स्वामित्व माग गरेको आजको कारोबार दैनिकमा खबर छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
