महिला अभियानको नवौं साधारणसभा सम्पन्न, सवा ४ करोड कारोबार
काठमाडौं, ६ असोज । महिला अभियान बचत तथा ऋण सहकारी संस्था (साकोस)को नवौं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाका प्रमुख अतिथि उपरजिष्ट्रार उपेन्द्र बहादुर ढुंगानाले महिला अभियान साकोसको कारोवारका आधारमा द्रुत गतिमा नभइ सहकारीको सिद्धान्त अनुसार विस्तारै सदस्यमुखी र समुदायमा आधारित हुदै अघि वढेको बताए । महिलाहरुले संचालित गरेका संस्था सफल हुने गरेको देखेर आफु उत्साहित भएको बताए । संस्थाकी निर्वतमान अध्यक्ष सरिता भट्टराईले संस्था र सदस्यहरुलाई अझ सफल व्यवस्थित र नमुना योग्य वनाउन आफु संधै कटिबद्ध रहने बताईन ।

“समृद्धिका लागि उत्कृष्ट नमुना महिला सहकारी” भन्ने परिकल्पना लिइ संस्था सदस्यमुखी भई अघि वढेको र परिकल्पना लाई साकार पार्न संस्थाका हामीले आ आफ्नो स्थानबाट सहयोग गर्न तत्पर रहनु पर्ने संस्थाका अध्यक्ष सृजना शर्मा चुडालले बताईन । सभामा संस्थाकी सचिव दुर्गा संजेले प्रस्तुत गरेको कार्यप्रगती र कार्ययोजना प्रतिवेदन, कोषाध्यक्ष निर्मला खनालले प्रस्तुत गरेको वित्तिय प्रतिवेदन तथा लेखा समिति संयोजक शोविता छत्कुली लुइटेलले प्रस्तुत गरेको आन्तरिक लेखा परिक्षण प्रतिवेदनहरु पारीत भएको छ ।
संस्थामा हाल ७०७ सदस्य र ३५४ वालवचतकर्ता रहेको छ । संस्थाको शेयर पूँजी ५९ लाख १७ हजार ७ सय, निक्षेप ३ करोड २३ लाख, ५७ हजार ८ सय ५० रुपैंया, कर्जा २ करोड ८३ लाख ६६ हजार ८ सय ४४ रुपैंया र कुल कारोबार ४ करोड १७ लाख ४४ हजार ३ लाख १२ रुपैंया कारोवार रहेकोसंस्थाका प्रबन्ध संचालक दुर्गा संजेलले जानकारी दिइन ।
साधारण सभामा सदस्यहरुलाई असल ऋणी, असल निक्षेप कर्ता, असल वाल वचत कर्ता, जेष्ठ सदस्य सम्मान लगायतका विभिन्न विधामा पुरस्कृत गर्नुका साथै प्रवेशिका परिक्षामा उत्तीर्ण हुने वाल बचतकर्ताहरु लाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
