२० कात्तिक २०८३, शुक्रबार

व्यापारीलाई कारबाही हुने

२०७१ असोज ६, सोमबार
व्यापारीलाई कारबाही हुने

काठमाडौं, ६ असोज  ।अनुगमनमा असहयोग गर्ने व्यापारीका पसलमा सोमबार थप सुरक्षाकर्मीसहित अनुगमन टोली जाने  भएको छ ।
आइतबार अनुगमनमा गएको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका टोलीलाई असहयोग गर्दै काठमाडौं बिशालबजारका धेरैजसो व्यापारीले पसल बन्द गरेका थिए ।
पसल बन्द गर्ने व्यापारीकोमा लगातार जाने र जसरी भएपनि अनुगमन गर्ने विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले बताउनुभयो ।
चाडपर्वको बेला हुन सक्ने ठगीलाई रोक्न बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै जाने बिडारीले बताउनुभयो । उहाँका अनुसार विशाल बजारका व्यापारीले सामान बिक्री गर्दा खरीद मूल्य भन्दा १२ गुणासम्म बढी लिने गरेका पाईएको छ । अनुगमनसँगै खरिद र बिक्री मूल्यको तथ्याङ्क संकलन गरी ठगी गर्ने व्यापारीलाई एकै पटक कारबाही गर्ने विभागको तयारी छ ।

अभिलेख

लोकप्रिय