लघुवित्त कार्यक्रमलाई राजनीतिक प्रभावबाट टाढै राखैँः गभर्नर
काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले दुर्गम क्षेत्रमा लघुवित्त कार्यक्रम पुर्याउन लघुवित्तकर्मीहरुलाई आग्रह गरेका छन । हाल सदरमुकाम आवपासका क्षेत्रमा मात्रै लघुवित्त कार्यक्रम रहेको भन्दै त्यसलाई दुर्गम क्षेत्रमा पनि विस्तार गर्न आग्रह गरेका हुन् ।
नेपाल लघुवित्त बैंकर्स संघको आठौं वार्षिक साधारण सभामा राजधानीमा आयोजित कार्यक्रममा गभर्नर खतिवडाले लघुवित्त कार्यक्रमलाई राजनीतिक प्रभावबाट टाढै राख्नुपर्ने पनि बताए । द्धन्द्धका बेलामा पनि लघुवित्त कार्यक्रमले गरिबी घटाउन सहयोग पुर्याएको भन्दै उनले सुशासन र मूल्य मान्यतालाई अनुशरण गर्न पनि आग्रह गरे ।
राष्ट्र बैंकका पुर्व गभर्नर गणेश थापाले एउटै ग्राहकले धेरै लघुवित्तबाट रकम लिने प्रबृत्तिलाई नियन्त्रण गरिनुपर्ने बताए । उनले उच्च हिमाली क्षेत्रमा पनि लघुवित्त कार्यक्रम विस्तार गर्न आग्रह गरे । संघका अध्यक्ष धर्मराज पाण्डेले वित्तीय समाबेशीता बढाउन लघुवित्त सेवाको भुमिका बढि आवश्यक देखिएको बताए ।
संघले लघुवित्त बैंकहरुका लागि आचारसंहिता ल्याउन लागेको जनाएको छ । आर्थिक वर्ष २०७०÷७१ सम्म ६८ जिल्लामा सेवा पुगेको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
