२० कात्तिक २०८३, शुक्रबार

पाल्पा र गुल्मीका ६ सहकारी संस्था खारेजमा

२०७१ असोज ५, आईतवार
पाल्पा र गुल्मीका ६ सहकारी संस्था खारेजमा

पाल्पा, ५ असोज  । दिनहुँ सहकारी संस्थाहरु खुल्नेक्रम बढिरहेका बेला पाल्पा र गुल्मीका ६ ओटा सहकारी संस्था खारेजमा परेका छन् । निरीक्षणकाक्रममा  सहकारी ऐनअनुसार पारदर्शीता कायम नगरेका सहकारीहरुलाई सुधारको मौका दिँदा पनि नसच्चिएका सहकारीहरुलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको हो ।
पाल्पा खस्यौलीको मणिमुकुन्द सहकारी, गुल्मी दिगामको श्रृंगेश्वर आर्दश सहकारी, फोक्सिङको सत्यवती सहकारी, गुल्मी पुर्कोटको खड्गमबासी सहकारी, गुल्मी धुर्कोटको कालिका सहकारी र गुल्मी तुराङको जनकल्याण सहकारी खारेजीमा परेका हुन् ।
तीन वर्षसम्म लेखापरीक्षण नगर्ने, साधारणसभा नगर्ने र सहकारी कार्यालयमा वार्षिक कारोबारको प्रतिवेदन पेश नगर्ने सहकारी खारेजीमा परेका सहकारी निरीक्षक घनराज अधिकारीले जानकारी दिए ।
गत आर्थिक वर्षमा पनि पाल्पामा एक र गुल्मीका चार सहकारीको दर्ता खारेज गरिएको थियो । पाल्पा र गुल्मीमा ४ सय ६५ सहकारी सञ्चालित रहेका छन् ।

अभिलेख

लोकप्रिय