२० कात्तिक २०८३, शुक्रबार

बडालले भने, कृषिको विकासमा राज्यले लगानी बढाउनुपर्छ

२०७१ असोज ५, आईतवार
बडालले भने, कृषिको विकासमा राज्यले लगानी बढाउनुपर्छ

भक्तपुर, ५ असोज । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले देशमा कृषिको विकासमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १२औँ वार्षिक साधारणभामा बोल्दै उनले कृषि र औद्योगिक क्षेत्रको विकासले मात्र देशको मुहान फेरिने भएकाले सरकार यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।

कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न सरकारले कृषिमा लगानी बढाउनुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष पुष्कर बुढाथोकीले संस्थाले आव २०७०/७१ मा ३४ लाख ४५ हजार ३४२ खुद नाफा गरेको बताए । यो अवधिमा संस्थाको सेयर पुँजी ७९ लाख १० हजार ५ सय, बचत निक्षेप आठ करोड ५९ लाख छ हजार ८ सय ४ रुपैंया, लगानी आठ करोड सात लाख आठ हजार ७ सय ९४ रुपैंया र आम्दानी एक करोड १९ लाख ३८ हजार २ सय ५० रुपैंया पुगेको बताए ।

संस्थाले चालु आव ०७१/०७२ मा सेयर पुँजी एक करोड १३ लाख पुर्याउने, ऋण लगानी ११ करोड १६ लाख पुर्याउने, आम्दामी एक करोड ८६ लाख पुर्याउने र खुद नाफा ६१ लाख ५६ हजार ५ सय ६० रुपैंया पुर्याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा ज्येष्ठ सदस्य दधिकोटकी ८४ वर्षकी पद्मकुमारी घिमिरे र ७९ वर्षका मधुप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय