क्यापिटल सहकारीको बार्षिक कारोबार ८ करोड
बनेपा ४ असोज । काभ्रेको बनेपामा चार बर्ष अघि बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाई स्थापना गरेको क्यापिटल बचत तथा ऋण सहकारी संस्था लि. को चौंथो बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष सोमप्रसाद हुमागाईंले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा बढी लगानी गर्नु पर्ने समेत औल्याए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक ज्ञान बहादुर तामाङले सहकारी र सदस्यताको सम्बन्धको बारेमा प्रस्ट पार्नु भएको थियो भने क्यापिटलको अभिभावकको रुपमा राष्ट्रिय सहकारी बैंक सधै रहने समेत बताए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव तथा यूवा साकोसको अध्यक्ष उदय राम कायस्थ, उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रबन्धक कृष्ण भक्त थापा, ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.को प्रबन्धक परशुराम कुँवर, बेलर इन्टरनेशनल एकेडेमीको प्रबन्ध निर्देशक पवन कुमार थापा लगायतका मन्तव्य राखेका थिए । संस्थाको अध्यक्ष शेरबहादुर तामाङको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको संयोजकबाट संस्थाको आर्थिक बर्ष २०७०।०७१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएका थियो । सो अवसरमा संस्थाले बाल शेयर सदस्य लाई प्रशंसा–पत्रद्धारा सम्मान गरिएको थियो ।
चार बर्ष अगाडि ५१ लाख शेयर पुँजीबाट शुरु गरिएको उक्त सहकारी संस्थाको शेयर पूँजी आर्थिक वर्ष ०७०।७१ मा रु. ९५ लाख ६२ हजार ७ सय रुपैयाँ पुगेको र आ.व. ०७०।७१ सम्ममा ८ करोडको कारोबार भएको साधारण सभामा जानकारी दिएको थियो । संस्थाले नियमित बचत, बाल बचत, जेष्ठ नागरिक बचत तथा आवधिक बचत लगायतका बचतबाट निक्षेप संकलन गरी व्यक्तिगत कर्जा, आवास कर्जा, सवारी साधन कर्जा, सामाजिक कर्जा, शैक्षिक कर्जा, व्यापारिक कर्जा र गरिवी निबारण कर्जा प्रवाह गरी शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले लघु कर्जा प्रवाह गरी महिला सदस्यको आय आर्जनमा वृद्धि गर्ने लक्ष्य समेत लिएको बताईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
