२१ जिल्लाका किसानलाई इजरायलले लैजाने, आधुनिक कृषिप्रणालीबारे तालिम दिइने
काठमाडौं, ४ असोज । किसानलाईलाई आधुनिक कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले देशका विभिन्न ८ जिल्लाबाट किसान लगेको इजरायलले फेरि थप किसान लैजाने भएको छ ।
इजरायली दूताबासका अनुसार त्यहाँ गएका २ सय ५ किसानहरु तालिम लिई नेपाल फर्किसकेका छन् भने अहिले फेरि थप ५ सय १५ युवा किसानलाईलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले इजरायल पठाउन लागेको हो ।
दुताबासका अनुसार साना किसान विकास बैंकसँग सहकार्य गरी उनीहरुलाई इजरायल पठाउन लागेको हो ।
दोस्रोपटकको यस प्रशिक्षणमा इलाम, मकवानपुर, चितवन, धादिङ्ग, गोरखा, तनहु, नवलपरासी, रुपन्देही, दाङ्ग, बाके, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र बर्दिया गरी २१जिल्लाबाट ५ सय १५ युवा किसान इजरायल जानेछन् ।
जसमध्ये प्रकृया पुरा भई ३ सय १४ विद्यार्थी इजरायल पुगिसकेका छन् भने बाकी बिद्यार्थीहरु अक्टोबर भित्र इजरायल पुग्नेछन् ।
उनीहरुमध्ये १ सय ५० लाई इजरायलको किन्नरेट कलेजमा, १ सयलाई आस्केलन कलेजमा, ५० जनालाई रामात नेगेभ डेजर्ट एग्रिकल्चरल रिसर्च सेन्टरमा, १ सय ६५ लाई आराभा ईन्टरनेशनल सेन्टर फर एगिकल्चरल तालिम सेन्टरमा र ५० जनालाई स्दोत नेगेभ रिजनलकाउन्सिलमा तालिम दिइने दुताबासले जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
