विकू साकोसलाई अन्तराष्ट्रिय स्तरको उत्कृष्ट सेवा तथा सुरक्षा ब्राण्ड प्राप्त
काठमाडौ ३ असोज । नेपालकै सर्वोत्कृष्ठ बचत सहकारी विकूु वचत तथा ऋण सहकारी संस्था लि.गैडाकोट नवलपरासीले एशियाली ऋण महासंघ –अक्कु )को प्राविधिक सहयोग तथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन ) द्धारा सञ्चालित उत्कृष्ट सेवा तथा सुरक्षाका लागी सर्वोत्तम छनौट कार्यक्रम अन्तरगत अन्तराष्ट्रिय स्तरको व्राण्ड प्राप्त गर्न सफल भएको छ । उक्त कार्यक्रममा संस्थाले विगत २ वर्ष देखि सहभागीता जनाउदै आईरहेको थियो । विकू बचत तथा ऋण सहकारी संस्था लि.लाई व्राण्ड सेप्टेम्वर १७ र २१मा इन्डोनेशियाको वालीमा सञ्चालन भएको अक्कु फोरममा औपचारिक रुपमा व्राण्ड प्राप्त गरेको विकू संस्थाका अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिए।
यस ब्राण्ड कार्यक्रम अन्तर्गत एशियाली ऋण महासंघले बिभिन्न ८६ वटा सुचकहरुको आधारमा संस्थाको सेवा तथा सुरक्षाको मापन गर्दै आएको थियो । वित्तीय सक्षमता, सदस्य सेवा, आन्तरिक व्यवसायिकता र सिकाई र बृद्धिको निरन्तरता गरि ४ वटा क्षेत्रवाट एकिकृतरुपमा मापन गरिन्छ । यी क्षेत्रहरुको वारेमा एशियाली ऋण महासंघ –अक्कु ) का प्रतिनिधिहरु स्वयम् उपस्थित भएर संस्थाको अन्तिम लेखा परिक्षण समेत गरेका थिए । २ वर्षसम्मको निगरानी र लेखा परिक्षणको आधारमा एसियाली ऋण महासंघले संस्थालाई व्राण्ड उपलब्ध गराएको हो । 
एसियाली ऋण महासंघद्धारा वचत तथा ऋण सहकारीहरुलाई उत्कृष्ट स्थानमा पुर्याउन विकास गरिएको एसिस व्राण्ड हालसम्म नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघमा आवद्ध देशभरका पाँच वटा संस्थाले मात्र प्राप्त गरिसकेका छन् । यो व्राण्डलाई स्थापीत गराईरहनका लागी संस्थाले निरन्तर रुपमा आफ्नो गुणस्तरीयता परिक्षण गरिरहनुपर्ने हुन्छ । अर्थात एकपटक व्राण्ड प्राप्त गरिसकेपश्चात पनि एशियाली ऋण महासंघले तोकेका सुचकहरुको आधारमा संस्थाले आफुलाई चुस्त राख्नुपर्ने हुन्छ ।
दैनिक ५० पैसा बचत संकलन गरि २६ जना सदस्यहरुवाट सुरु गरिएको यस विकू बचत २०५० सालमा सहकारीमा दर्ता भएको र २०५४ साल वाट नेपाल राष्ट्र बैंकको स्विकृतीमा सीमित बैकिङ कारोवार गर्दै आईरहदा हाल १३ हजार भन्दा बढि शेयर सदस्य रहेका छन भने विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेको उत्कृष्ट नमुना सहकारी संस्था हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
