२० कात्तिक २०८३, शुक्रबार

आँखा स्वास्थ्य कार्यक्रमको लागि १.०२७ करोड सहयोग

२०७१ असोज २, बिहिबार
आँखा स्वास्थ्य कार्यक्रमको लागि १.०२७ करोड सहयोग

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौं र नेपाल नेत्रज्योति संघबीच नेपालका विभिन्न जिल्लामा आँखा स्याहार कार्यक्रम संचालन गर्नको लागि संघलाई भारत सरकारको ने.रु. १.०२७ करोडको अनुदान सहयोग प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा २०१४–१५ मा नेपालका विद्यालय जाने वालवालिकाहरुलार्ई ९ हजार अप्टिकल डिस्पेन्सीङ डिभाइस र ३ सय भिजन डिस्पेन्सीङ डिभाइसका लागत समेटिएको छ । घुम्ती चिकात्सा टोलीले छानिएका विद्यालयहरुमा पुगी विद्यार्थी तथा अभिभावकहरुको आँखा जाच गर्नुको साथै स्वास्थ्य शिक्षा सत्र संचालन गर्ने सहमती भएको छ । टोलीले बर्षभरिमा करिव १ लाख ९० हजार विद्यालय जाने वालवालिकाहरुको स्वास्थ्य जाँच गर्ने जनाएको छ ।

भारत सरकारले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अनुरुप नेपाल नेत्रज्योति संघलाई आँखा स्याहार कार्यक्रमको लागि २००१ देखि सहयोग प्रदान गर्दे आएको छ । यस कार्यक्रम अन्तर्गत हालसम्म विद्यालय जाने ३७ हजार भन्दा बढी वालवालिकाहरुको लागि दृष्य उपकरण÷चस्मा वितरण गरिसकिएको छ । यो कार्यक्रम कार्यन्वयनको लागि संघलाई आँखा जाँच औजार जडित घुम्ति आँखा स्याहार भ्यान समेत २००९ मा प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय