वार्षिक ३५ लाख आम्दानी गर्ने लक्ष्यका साथ कृषि फार्म सञ्चालन
पर्वत, २९ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ स्थित आम्वोटमा बहुमुखी कृषि फार्म सञ्चालनमा आएको छ ।
जैविक तरकारीको प्रयोगमा वृद्धि गर्ने उद्देश्यले गत पुसदेखि सञ्चालनमा ल्याइएको कृषि फार्ममा मौसमी तथा बेमौसमी तरकारीखेतीका साथै माछापालन सुरु गरिएको छ । रु १२ लाख लगानी गरेर सुरु गरिएको फार्ममा अहिले गोलभेँडाखेती, विभिन्न तरकारीका बेर्ना, साग, काउली, बन्दालगायतका तरकारी उत्पादन गरिएको छ भने फार्मभित्रै १० हजार माहुर जातका माछापालनसमेत गरिएको छ ।
खासगरी सदरमुकाममा रहेको नमुना व्यावसायिक सहकारी संस्था लिमिटेडले जग्गा भाडामा लिएर उक्त फार्म सञ्चालनमा ल्याएको हो । वार्षिक रु एक लाख २० हजार भाडा तिर्ने गरी भाडामा लिइएको १५ रोपनी जग्गामा व्यावसायिक रूपले सुरु गरिएको फार्मबाट वार्षिक रु ३५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिइएको बहुमुखी कृषि फार्मका व्यवस्थापक लालबहादुर हरिजनले जानकारी दिनुभयो । हरिजनका अनुसार जैविकखेती प्रणालीको विकास गर्दै नमुना आवासीय उच्च माविमा अध्ययनरत विद्यार्थीलाई कृषि खेतीप्रणालीसम्बन्धी शिक्षा दिने उद्देश्यले फार्म सञ्ंचालनमा ल्याइएको हो । उक्त फार्ममा विद्यार्थीले केही ठाउँमा जैविक तरकारीखेतीका लागि विभिन्न समयमा अभ्याससमेत गर्ने गरेका छन् ।
पोखरा–बागलुङ राजमार्ग नजिकै पर्ने भएकाले यहाँ उत्पादित तरकारी बजारीकरणका लागि कुनै समस्या नभएको व्यवस्थापक हरिजनले जानकारी दिनुभयो । फार्ममा अहिले एकजना पूर्णकालीनसहित तीनजना कर्मचारीले काम गर्दै आएका छन् ।
व्यवसाय सुरु गरिएको वर्ष भएकाले भएको आम्दानी सबै लगानीमा खर्च गरिएको र आगामी वर्षदेखि वार्षिक रूपमा न्यूनतम रु ३५ लाख आम्दानी गर्ने लक्ष्य रहेको हरिजनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “हरेक ठाउँमा उत्पादन बढाउन विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा प्रभाव पारिरहेका बेला हामीले जैविक पद्धतिलाई जोड दिएका छौँ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
