२० कात्तिक २०८३, शुक्रबार

बन्द वीरगञ्ज चिनी कारखानालाई सहकारी अवधारणामा चलाउन सकिने

२०७१ भदौ २९, आईतवार
बन्द वीरगञ्ज चिनी कारखानालाई  सहकारी अवधारणामा चलाउन सकिने

सिमरा, २९ भदौ । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना, कृषि औजार र हेटौडा कपडा कारखानालाई सहकारी अवधारणामा सफलतापूर्वक चलाउन सकिने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बताएका छन् ।

शनिवार गढीमाई नगरपालिकास्थित जीतपुर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाको उदघाटन गर्दै पौडेलले उक्त कुरा बताएका हुन् । राज्य, सहकारी, निजी क्षेत्र र किसान मजदुरको सामुहिक स्वामित्व विकास गरेर व्यवसायिक व्यवस्थापनले चलाउदा हजारौंले रोजगारी पाउने र घाटा व्यापार घटने पौडेलको कथन थियो । सहकारीले आर्थिक चेतनासहित समुदायलाई संगठित गर्ने र अधिकारसंग कर्तव्यनिष्ठ बनाउने भएको बताउदै पौडेलले सहकारीको विस्तार र सशक्तीकरणमा राज्यले ध्यान दिनुपर्ने बताए ।

‘सहकारी ऐनको परिमार्जन गरी उर्जा, उद्योग, पर्यटनलगायत क्षेत्र सहकारीलाई खुला गर्नुपर्ने र छुट्टै बचत तथा ऋण सहकारी ऐन व्यवस्था गरेर सहकारी क्षेत्रका विकृति र जोखिमलाई न्युनीकरण गर्नुपर्दछ ।’ पौडेलले भने । सहकारीले आर्थिक चेतनासहित समुदायलाई संगठित गर्ने र अधिकारसंग कर्तव्यनिष्ठ बनाउने भएको बताउदै पौडेलले सहकारीको विस्तार र सशक्तीकरणमा राज्यले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णव्रत सिंह, नेकपा (एमाले) का जिल्ला सदस्य देवनारायण चौधरी, नगर अध्यक्ष सोहन शर्मा, नेकपा– माओवादीका प्रेम बराल, नेपाल सदभावना पार्टीका गणेश साह, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख मुरारी तिमल्सिना, बारा उद्योग बाणिज्य संघका उपाध्यक्ष नवलकिशोर साह, सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, शिक्षक कालिका ढकाल, एभरग्रिन स्कुलका राजेन्द्र कंडेल, रेडियोकर्मी रिपेश दाहाल, हातेमालो सहकारीका शिव वाग्ले, उपयुक्त सहकारीका शिवजी साह, जनकल्याण बहुद्धेश्यीय सहकारीका आत्माराम अधिकारीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता शिवकुमारी चौधरी, रेखा साहलगायतलाई प्रमुख अतिथि कृष्ण पौडेलललगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सीमान्तीकृत समुदायका करीव सात सय सदस्य रहेको संस्थामा ७०० सदस्यहरुले करीव एक करोडको कारोवार गरिरहेको छ । गत वर्ष संस्थाले सात लाख मुनाफा कमाएको र नौ प्रतिशत लाभांश बाड्ने भएको छ ।

अभिलेख

लोकप्रिय