सपना बहुउद्देश्यीय सहकारी १५ लाख नाफामा
काठमाडौँ, २८ भदौ । सपना बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७०।०७१ मा रु १५ लाख एक हजार ४४६ मुनाफा आर्जन गरेको छ । संस्थाले रु ११ करोड ५९ लाख ५७ हजार ६७२ निक्षेप सङ्कलन गरी रु नौ करोड ४५ लाख ५१ हजार ७०९ लगानी गरेको जनाएको छ ।
संस्थाको १७औँ वार्षिक साधारणसभामा अध्यक्ष प्रज्ज्वल थान्जुले प्राकृतिक प्रकोपपीडितको राहतका लागि संस्था र कर्मचारीको तर्फबाट रु ३३ हजार ३३३ सहयोग गरेको र गरिब एवम् जेहेन्दार छात्र÷छात्रालाई वार्षिक रु १५ हजार राशिको सपना सहकारी छात्रवृत्ति पुरस्कार काठमाडौँको छैमले–४, भण्डारखर्कस्थित पञ्चकन्या मावि कक्षा ८ मा अध्ययनरत छात्र विश्वजीत वाइबालाई प्रदान गर्ने निर्णय गरिएको बताए ।
साधारणसभामा संविधासभाका सदस्य राजेन्द्र पाण्डेले सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीले अर्थतन्त्रमा पुर्याएको योगदानलाई राज्यले कदर गर्ने विश्वास दिए ।
त्यसैगरी डिभिजन सहकारी कार्यालयका अधिकृत विक्रम पाण्डेले सहकारीको मूल्य र मान्यतालाई सही तबरले अगाडि बढाएर लगानी विस्तार गर्न सकेमा सहकारीले अर्थतन्त्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताए । कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक रामचन्द्र अर्याललगायतले संस्थाको आगामी दिनका कार्यक्रमबारे जानकारी दिएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
