एउटा मोबाइल फोनको मूल्य ९ करोड !
काठमाडौं । मोबाइलको शौखिन मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल आउदै छ जसको मूल्य सुनेर तपाई होस उड्न सक्छ । यो फोन आइफोन ५ ब्ल्याक डाइमण्ड हो ।
यसलाई एप्पल इण्डस्ट्रीज बनाएको भने होइन । यो फोन विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना खास ग्राहकका लागि बनाएका हुन् । यसको मुल्य १० लाख डलर अर्थाक करिब ९ करोड रुपैया राखिएको छ ।
यसमा महंगो र दुर्लभ हीरा जडित छ । यसको अर्को विशेषता भनेको यो पूरै हातले बनाएको हो । जसमा एउटा फोन बनाउनका लागि नौ हप्ता अर्थात लगभग दुई महिना लागेको बताइएको छ ।
यो फोन बनाउनका लागि पहिले ह्युजले आइफोनको चेसिस बदलेका थिए । जुन काम निकै कठिन थियो । यसपछि उनले यसमा कालो हिरा (ब्ल्याक डायमण्ड) प्रयोग गरेका थिए ।
यसलाई स्टुअर्ट ह्युज आइफोन ५ को नाम दिइएको छ । स्टुअर्ट ह्युज बेलायतका एक प्रख्यात डिजाइनर हुन् । उनले पछिल्लो समयमा २४ क्यारेट सुनवाला मोबाइल फोन बनाएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
