‘सदस्य, संचालक र राज्य दोषी छन् ’
विमल श्रेष्ठ
प्रबन्ध सञ्चालक
गोफल पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्था लि.
राज्यको नीति कमजोर भएका कारण पनि सहकारीमा समस्या देखिएको हो । राज्यका सञ्चालकहरु पनि जिम्मेवार छन् । संस्था राम्रो बनाउन संस्थाका सञ्चालक झनै जिम्मेवार हुुनपर्छ । अब राज्यको नीति देख्नमा राम्रो भएपनि लागुगर्न धेरै अप्ठ्यारो छ । त्यसपछि सहकारीका सदस्य झनै जिम्मेजार बन्नुपर्छ । सदस्य जागरुक भएभने, सहकारीमा समस्या आउँदैन तर सदस्यलाई जागरुक बनाउने दायित्व राज्य र सञ्चालक दुवैपक्षको उत्तिकै हुन्छ ।
पुष्कर निरौला अध्यक्ष
एप्पल बचत तथा ऋण सहकारी संस्था लि सुकेधारा, काठमाडौं
यही पक्ष बढी दोषी छ भनेर किटान गर्न सक्ने अवस्थाचाही छैन । राज्यको अनुगमन तथा निरिक्षणको पाटो कमजोर छ । सञ्चालकहरुमा सहकारीलाई आफ्नै पकडमा सञ्चालन गर्न सकिन्छ भन्ने कमजोर मनस्थिति छ, सदस्यहरुमा सहकारी प्रति गलत बुझाइ छ । यसमा तीनै पक्षको कमजोरी छ । सदस्य पनि जागरुक हुनुपर्छ, को मनिटरिङ नीति कागजमा मात्र सिमित रहनुहुन्न कार्यन्वयन गर्नुपर्छ सञ्चालकहरुमा पनि सहकारीताको भावना जागरुक रहनुपर्छ ।
साधुराम पराजुली : कार्यकारी सञ्चालक
श्री ओम बचत तथा ऋण सहकारी संस्था लि चावहिल
राज्यको पनि कमजोरी छ सुविधा दिन सकेको छैन खाली नीरिक्षक र अनुगमन मात्र गर्ने भन्छ सञ्चालकहरुमा कमजोरी, ध्यान दिन नसक्नु संस्था सदस्यको नभई सञ्चालको मात्र ठान्नु तीनै पक्षको कमजोरी रहेपनि नीति नियम अनुसार संस्था सञ्चालन नगर्नु र संस्था कसरी चलिरहेछन् भन्ने अनुगमन र निरिक्षण गर्न राज्यपक्षले ध्यान नदिँदा अहिले सहकारीमा समस्या आइरहेका छन् ।
सुदर्शन ढकाल : प्रवक्ता सहकारी तथा गरिवि निवारण मन्त्रालय
निश्चित रुपमा अहिले सहकारीमा जति समस्या छन् ति सदस्य केन्द्रीत नभएर आएका हुन । सहकारीमा समस्या आउनुमा सञ्चालक र सदस्य दुवै दोषी छन् । मेम्बर यो अर्थमा दोषी छन् उनीहरुले सहकारी के हो भनेर् बुझेनन् । उनीहरुले व्याज मात्र वुझे । व्याज जता बढी पाईन्छ त्यहाँ पैसा राख्ने प्रवृतीले संस्था डुब्न जान्छ। उनिहरु आफै पनि यसमा सचेत हुनु आवश्यक छ । सदस्यले सञ्चालकलाई नियन्त्रण गर्ने हो । सहकारीका सबै सदस्य सञ्चालक हुन । यस्ता विषय सहकारीका सदस्यले बुझेनन भने सञ्चालकले सहकारीको सिद्धान्त विपरित रहेर सहकारीको रकम नीजि कम्पनीमा लगानी गर्ने , तलब सुवीधा लिने , पेश्की लिने लगायतका गम्भिर त्रुटी गरे भने संस्था समस्यामा पर्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार