२० कात्तिक २०८३, शुक्रबार

आन्तरिक राजस्व विभागको महानिर्देशकमा चुडामणि शर्मा

२०७१ भदौ २५, बुधबार
आन्तरिक राजस्व विभागको महानिर्देशकमा चुडामणि शर्मा

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा चुडामणि शर्मा नियुक्त भएका छन् । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागबाट उनको राजस्व विभागमा सुरुवा भएको हो । उनले बुधबार पदवहाली गरेका हुन् ।
अघिल्लो साता मंगलबार नै शर्मालाई सम्पत्ति सुद्धीकरणबाट आन्तरिक राजस्वमा सरुवा गरिएको थियो । सामान्य प्रशासनबाट सहमति लिनु पर्ने भएकोले एक साता पछि मात्रै उनले कार्यभार सम्हालेका हुन् । केही दिन अघि सम्पत्ति सुद्धीकरणकै कर्मचारीलाई १० लाख रुपैया घुस लिदा लिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । यो प्रकरणले महानिर्देशकको सरुवालाई समेत प्रभावित बनाएको थियो । यही कारण आन्तरिक राजस्वमा करिब एक महिना महानिर्देशक खाली भयो ।
jjj
नवनियुक्त महानिर्देशक शर्मा सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्याँस काण्डमा पनि मुछिएका थिए । सुगमको फुटरिङ काण्डमा सञ्चालक शिव प्रसाद घिमिरेलाई उन्मुक्ति दिएको आरोप उनलाई लागेको थियो ।
महानिर्देशक शर्माले पदवहाली पश्चात् विभागका कर्मचारीहरु तथा उपत्यकास्थित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरुलाई सम्बोधन गरे । महानिर्देशक शर्माले सांगठनिक सफलताका लागि कर्मचारीहरुको वैज्ञानिक मगज र आध्यात्मिक हृदयको आवश्यकता रहने बताउदै कानुनको विवेकशील प्रयोग गर्नुपर्नेमा जोड दिए । कर्मचारीलाई सकारात्मक सोच राख्न निर्देशन दिदै सदैव मैत्रीपूर्ण व्यवहार गर्न आग्रह पनि गरे ।
अरुबाट सम्मान चाहने हो भने अरुलाई पनि सम्मान गर्न जान्नुपर्ने बताउदै उनले भने, ‘सेवाग्राहीप्रति सम्मान गरे मात्र हामीले पनि सम्मान पाउँछौं ।’ अहिलेको समय सूचना प्रविधिको युग भएकाले त्यसको समुचित प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।
आचरण सुधारका लागि ‘एविसिडिइ’को फर्मुला रहेको उनले बताए । सकारात्मक दृष्टिकोण (एटिट्युड पोजेटिभ), मैत्रीपूर्ण व्यवहार (विहेभियर फ्रेण्डलि), कानुन–ऐन नियमको परिपालना (कम्प्लायन्स), समयानुसार आफूलाई गतिशिल तुल्याउंदै रुपान्तरित गर्ने (डाइनामिजम्) र सदैव सदाचारिता (इथिक्स) लाई उनले एविसिडिइको रुपमा व्याख्या गरेका हुन् ।
कार्यक्रममा महानिर्देशक शर्माको स्वागत गर्दै उपमहानिर्देशक गणेशप्रसाद पाण्डेले कार्यकालको सफलताको कामना व्यक्त गरे ।

अभिलेख

लोकप्रिय