२० कात्तिक २०८३, शुक्रबार

सिद्धि विनायक कृषि सहकारीले १० प्रतिशत लाभांश वितरण गर्ने

२०७१ भदौ २२, आईतवार
सिद्धि विनायक कृषि सहकारीले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडैा,२२ भदौ । ललितपुर स्थित लामाटार गाविसमा रहेको सिद्धि विनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.को आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष शशिधर पोखरेलले  प्रस्तुत गर्दै  संस्थाको शेयर पुँजी १७ लाख ५५ हजार ४ सय रुपैया रहेको जानकारी दिए । त्यस्तै संस्थाको निक्षेप पुँजी ७७ लाख ५५ हजार ८ सय ७६ रुपैया रहेको छ । संस्थाले आर्थिक वर्ष  २०७०।७१ मा  ३ लाख ३६ हजार ५ सय ३ रुपैया नाफा कमाएको छ ।  नाफा रकम मध्येवाट शेयर सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने  निर्णय सभाले गरेको छ ।
कार्यक्रममा नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघ का अध्यक्ष दीपकराज पौडेल प्रमुख अतिथि  थिए । त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी संघका निवर्तमान उपाध्यक्ष विजयराज घिमिरे, केन्द्रिय मौरी सहकारी संघका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
10407509_837595936271549_981919620502691769_n

अभिलेख

लोकप्रिय