नेपाल लायन बहुउद्देश्यीयद्धारा १८ करोड ७८ लाख ५८ हजार रुपैयाँ ऋण लगानी
काठमाडौं, २२ भदाै । त्रिपुरेश्वरमा रहेको नेपाल लायन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारणसभा सम्पन्न भयो । सभामा अध्यक्ष कुबेरबहादुर राउतले संस्थाले सेयर पूँजी ३ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको, निक्षेप संकलन १७ करोड ४६ लाख ४ हजार रुपैयाँ पुर्याउन सफल भएको जानकारी गराउनुभयो ।
त्यस्तै ऋण लगानीतर्फ १८ करोड ७८ लाख ५८ हजार रुपैयाँ रहेको र असूली सन्तोषजनक रहेको सभामा जानकारी गराउनुभयो । उहाँले भाखा नाघेका पुराना सबै ऋण समेत यस आर्थिक बर्षमा उठाउन संस्था सफल भएको जानकारी गराउनुभयो । संस्थाले यस बर्ष ३६ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको सभामा जानकारी दिइयो । यो नाफा आयकर भुक्तानी पछिको नाफा हो । आयकरवापत संस्थाले ९ लाख ९ हजार रुपैयाँ दाखिला गरिसकेको छ भने ९ लाख ९ हजार जगेडा कोषमा छुट्याएको छ ।
त्यस पछिको २७ लाख ३० हजार रुपैयाँ संचिति मुनाफा बाँकी रहेको र सो संचिति मुनाफाबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत सभाले स्वीकृत गरेको थियो । संस्थाले कर्मचारीको मनोवल बढाउन ३ महिनाको प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको पनि सभामा जानकारी दिइएको थियो ।
संस्थासँग विभिन्न शिर्षक अन्तर्गत १ करोड ३ लाख ४६ हजारको कोष रहेको जानकारी दिइयो । यो संस्थाको आर्थिक स्थिति सुदृढ र सवल छ भन्ने कुरा कोषको व्यवस्थाले इंकित गरेको पनि अध्यक्ष राउतले जानकारी दिनुभयो । संस्थाले यसबर्ष मितेरी सहकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उक्त कार्यक्रमले काठमाडौंका समान प्रकृतिका सहकारीहरु तथा व्यवसायिक प्रतिष्ठानसँग अनुभव तथा भविष्यको लागि आवश्यक पर्ने राम्रो योजनाहरुमा सँगसँगै कार्य गर्न मद्दत पुग्ने विश्वास राखिएको छ ।
सभामा संस्थाका उपाध्यक्ष डा. जयहरि राज पाण्डेले सदस्यको आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएको बताउँदै आफूहरु सहकारीसँग जोडिन पाएकोमा खुशि व्यक्त गर्नुभयो । सभामा लेखा समितिका संयोजक देबराज सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सदस्यहरुले संस्थाको आव २०७१÷०७२ को प्रतिवेदन, आ.ब. २०७१÷०७२ को बार्षिक बजेट र लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने प्रस्ताव सदस्यहरुद्वारा पारित गरिएको थियो ।
त्रिपुरेश्वर आसपासका स्थानीय र व्यवसायिक व्यक्तिहरु सदस्य रहेको उक्त संस्थामा १२४३ सेयर सदस्यहरु रहेका छन । संस्थाले आफ्ना सदस्यहरुलाई रेमिटान्सलगायत आधुनिक र कम्प्यूटराइज्ड सेवा उपलब्ध गराउँदै आएको छ । यसैबीच संस्थाले १४ औं वार्षिक साधारणसभाकै अवसर पारेर सभास्थलमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा करिब तीन दर्जन सदस्यहरुले रक्तदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
