२० कात्तिक २०८३, शुक्रबार

सहकारीले चर्को ब्याज लिएर जनता चुसेः भट्टराई

२०७१ भदौ १८, बुधबार
सहकारीले चर्को ब्याज लिएर जनता चुसेः भट्टराई

काठमाडौं, १८ भदौं । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सहकारीले न्युन आय भएका गरिव किसानलाई सुलभ र सस्तोमा कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । सहकरीमार्फत प्रवाह हुने कृषि र लघुकर्जाको व्याजदर कम गर्न आवश्यक रहेको उनको भनाई थियो ।

मंगलबार हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको एकीकृत कारोबारको उद्घाटन गर्दै भट्टराईले सहकारीले साहु–महाजनको जस्तो चर्को व्याज लिने गरेकोले बढी ब्याज लिनेलाई कारवाही गर्नु पर्नेमा जोड दिए । सहकारीले कम ब्याज दरमा ऋण लिएर सर्वसाधारण सदस्यहरुलाई चर्को ब्याज दरमा ऋण दिएर मर्कामा पारेको बताउदै उनले पहिला साहुमाहजनले सर्वसाधारणलाई चर्को ब्याज लिएर चुसेजस्तै अहिले सहकारीले सर्वसाधारणलाई चुसेको आरोप लगाए ।

सहकारीले सदस्यलाई ऋणी दिदा २० प्रतिशतसम्म व्याज लिने गरेको मैले सुनेको छु”, “नाम सहकारी राख्ने तर, साहू महाजनको जस्तो व्याज किन लिएको छ ” उनले प्रश्न गरे। सहकारीलाई अर्थतन्त्रको खम्बाकै रुपमा महत्व दिनु नहुने भट्टराईले जिकिर गरे । ‘सहकारीको स्वामित्व निजी क्षेत्रकै हुने भएकाले यो निजी क्षेत्रभन्दा भिन्नै होइन, निजी क्षेत्रको अंग हो” उनको तर्क छ ।

कार्यक्रममा बोल्दै पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारले अनुगमन गर्न नसक्दा सहकारी संस्थामा बिकृति बढेको बताए । सदस्यहरु चनाखो भएमा संस्थामा विकृति रोक्न मद्दत पुग्ने उनको भनाई थियो ।

सहकारी विभागका रजिष्टार विष्णुहरि पौडेलले सहकारीको संख्या धेरै भएकाले मर्जरलाई व्यापक रुपमा अघि बढाउने बताए ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले यो मर्जर सहकारी क्षेत्रकै ठूलो मर्जर भएको बताए । उहा“ले मर्जर अभियानले सहकारी क्षेत्रलाई अझ मजबुत भन्दै मर्जर हुने सहकारीलाई राज्यले विषेश सुविधा दिनुपर्ने बताए । सहकारीको संचालन प्रक्रिया केही फरक भएकाले निजी क्षेत्रकै पाटो नभई छुट्टै खम्बा भएको उनले दावी गरे ।

संघकै पूर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले संस्थाको एकीकृत कारोबारसँगै कम व्याज र बढी सुविधा दिनुपर्ने बताए । सदस्यहरुलाई सेवा सुविधा बढी दिन सकेमात्र त्यो मर्जरको औचित्य हुने र सफल हुने उनको भनाइ थियो ।

अभिलेख

लोकप्रिय