२० कात्तिक २०८३, शुक्रबार

सुरमाण्डुको पाँचौ श्रृंखलामा ‘सुम्मिना लू’

२०७१ भदौ १७, मङ्गलबार
सुरमाण्डुको पाँचौ श्रृंखलामा ‘सुम्मिना लू’

काठमाडौं । नेपाल संगीत केन्द्र र शास्त्रीय सुधाको सहकार्यमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले सुरमाण्डुको पाँचौं श्रृंखला सम्पन्न भएको छ ।
उदीयमान गायिका सुम्मिना लूले यस श्रृंखलामा सुमधुर राग प्रस्तुत गरी नेपालका संगीतपारखीहरुलाई मन्त्रमुग्ध पारेका थिए । धेरै गीतमा अवाज दिएकी तालिमप्राप्त शास्त्रीय गायिका सुम्मिना लूलाई तवलामा जीवन राई र हार्माेनीयममा नवीन न्यौपानेले साथ दिएका थिए ।
नेपाल संगीत केन्द्र र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्दै आएको सुरमाण्डु एक नियमित कार्यक्रम हो । २०१४ फरवरीमा भारतका प्रख्यात वासुरीवादक पण्डित हरिप्रसाद चौरसियाले सुरमाण्डुको उद्घाटन प्रस्तुति दिएका थिए । सुरमाण्डु बाहेक कन्र्भसेसन्स, पोएमाण्डु, सिनेमाण्डु र भोइसेज जस्ता कार्यक्रमहरु बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले प्रत्येक महिना नियमित रुपमा आयोजना गर्दैआएको छ ।

अभिलेख

लोकप्रिय