११ मंसिर २०८३, शुक्रबार

कोशी प्रदेशमा २४ सहकारी सफ्टवेयर सूचीकृत, छनोटमा सहजता

२०८३ मंसिर ११, शुक्रबार
कोशी प्रदेशमा २४ सहकारी सफ्टवेयर सूचीकृत, छनोटमा सहजता

काठमाडौं : सहकारी संस्थाहरूको प्रविधिमैत्री रूपान्तरण र डिजिटल सेवा प्रवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेश, इनरुवाले २४ वटा सफ्टवेयर कम्पनीलाई सूचीकृत गरेको छ।

कार्यालयले सार्वजनिक गरेको सूचीकृत सफ्टवेयर कम्पनीहरूको विवरणअनुसार सहकारी संस्थाहरूले प्रयोग गर्न सक्ने विभिन्न डिजिटल बैंकिङ तथा व्यवस्थापन प्रणाली उपलब्ध गराउने कम्पनीहरू सूचीमा समेटिएका छन्। यसले सहकारी संस्थाहरूलाई आफ्नो आवश्यकता र कार्यप्रकृतिअनुसार सफ्टवेयर छनोट गर्न थप विकल्प उपलब्ध गराएको छ।

सूचीमा पायोनियर एसोसिएट्सको Cosys Nextgen, प्रथम आईटी सिस्टमको Finastra, अवसान माइक्रोसिसको Oxpan, स्याङ्गनस कन्सल्टिङ ग्रुपको Saralbittta, इजी सफ्टवेयरको Easy, जुनेली इन्कको 360 Core Banking, माइक्रो बैंकर नेपालको Micro Banker र प्रिमियम टेक्नोलोजिजको Premium CBS सफ्टवेयर समावेश छन्।

त्यसैगरी वेबिलिङ सफ्टवेयर डेभलपमेन्ट एण्ड रिसर्चको LUNIVA, इन्फो डेभलपर्सको Infinity, नियोसिस टेक्नोलोजीको Myra, सिनर्जी टेक सफ्टवेयरको MFin Plus, पूर्वे सफ्टवेयरको Purbey, लुनार आईटी सोलुसनको Luna Count, गौतम सफ्टवेयर डेभलपरको Copas, जिनोव इन्कको Finx र फिन्याक्ट सफ्टवेयरको Finacct Plus पनि सूचीमा परेका छन्।

सूचीमा हारती टेक्नोलोजिजको Harati, प्लानेट अर्थ सोलुसनको Everest CBS, इन्फोवेयर नेपालको Finman, इन्फोब्रेन टेक्नोलोजिजको Balance CBS, कोलम्बस कन्सल्टेन्ट सर्भिसेसको E-Banker Coop Solution, युरानस टेक नेपालको Uranus CBS र गुरु इन्फोसिसको GURU समेत समावेश छन्।

सहकारी संस्थाहरूको कारोबार, सदस्य विवरण, लेखा व्यवस्थापन, वित्तीय प्रतिवेदन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउन प्रविधिको प्रयोग महत्वपूर्ण मानिन्छ। यस्तो अवस्थामा सफ्टवेयर सेवा प्रदायक कम्पनीहरूको सूची उपलब्ध हुनु सहकारी संस्थाहरूका लागि प्रविधि छनोट र डिजिटल प्रणालीको विकासमा उपयोगी आधार बन्न सक्छ।

सहकारी क्षेत्रलाई पारदर्शी, व्यवस्थित, जवाफदेही र प्रविधिमैत्री बनाउने अभियानमा यस्ता पहलले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

अभिलेख

लोकप्रिय